चैत्र १७, २०८२ मंगलबार | ०७:१५:१५
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

काठमाडौं । नेपाल आगामी वर्ष साउदी अरेबियामा हुने एसियन कपमा पुग्ने समीकरणबाट बाहिरिसकेको छ । छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम खेलसम्म आइपुग्दा नेपालले कूल १३ खेल खेल्यो । जसमध्ये नेपालले एकै खेलमात्र जित्न सक्यो । सन् २०२३, अक्टोबरमा लाओसविरुद्ध प्राप्त भएको थियो त्यो जित ।

फिफा वरीयताकै आधारमा नेपालले दोस्रो चरणमा स्थान बनाउनका लागि दुई लेगमा प्रतिस्पर्धा गरेको थियो । काठमाडौंमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । निर्णायक लेगमा नेपालले मनिष डाँगीको गोलमा १–० को संघर्षपूर्ण जित हासिल गर्यो । त्यसपछिका ११ खेलमा नेपाल जितविहीन रह्यो । यसबीच यही लाओससँग नेपालले गत वर्ष जुनमा सम्पन्न तेस्रो चरणको पहिलो लेगमा दूर्भाग्यजनक २-१ को हार बेहोर्यो ।

पहिलो चरणमा पराजित १० मध्ये उत्कृष्ट तीन टोलीका आधारमा लाओसको एसियन कप छनोट यात्रामा ‘लाइफलाइन’ पाएको थियो । पछि लाओस र नेपाल तेस्रो चरणमा पुनः एकै समूहमा पर्दा यी दुईको फेरि भेट भएका हुन् ।

राजधानी भेन्टियानस्थित लाओ नेसनल रंगशालामा नेपालविरुद्ध लाओसको त्यो ऐतिहासिक पहिलो जित थियो । २–० ले पछाडि परेको अवस्थामा मनिषले नेपालका लागि एक गोल फर्काएका थिए । त्यसअघिका ६ भेटमा लाओसले नेपाललाई हराउन सकेको थिएन । तीन खेल बराबरीमा टुंगिदा तीनमा नेपाल विजयी भएको इतिहास थियो ।

पहिलो चरणमा पनि मनिषले नै निर्णायक गोल गरेका थिए । पछिल्लो समय स्ट्राइकर पोजिसनमा खेलिरहेका मनिषसँग लगातार तेस्रोपटक लाओ नेसनल रंगशालामा गोल गर्ने मौका हुनेछ । खासमा उनी अट्याकिङ मिडफिल्डरको भूमिकामा देखिने गर्छन् । तर, नेपालमै भरपर्दो स्ट्राइकरको कमीले गर्दा उनलाई पूर्व प्रशिक्षक म्याथ्यु रसले उनलाई ‘नम्बर ९ रोल’मा प्रयोग गरे । पछिल्लोपटक अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले पनि मनिषलाई त्यही पोजिसनमा खेलाए ।

नव नियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले लाओसविरुद्धको खेलमा नयाँ खेलाडीलाई ‘टेस्ट’ गर्ने बताएका छन् । पहिलोपटक नेपाली मिडियासामू प्रस्तुत हुँदा एरिनाले लाओसविरुद्ध सम्भावना भएका खेलाडीलाई मौका दिने र आसन्न साफ च्याम्पियनसिपसम्म बलियो टोली तयार पार्ने तर्क गरेका थिए । यहीअनुरुप हठात रुपमा स्थगित भएको राष्ट्रिय लिगबाट एरिनाले ‘इन फर्म’ दुई स्ट्राइकर- मिलन राई र युवराज खड्कालाई टोलीमा समावेश गरेका छन् । यस्तोमा स्ट्राइकिङ पोजिसनमा यी तीनमध्ये कसलाई देखिनेछ, त्यो हेर्नलायक विषय हुनेछ ।

रसले मनिषसँगै ‘बक्स टु बक्स’ मिडफिल्डर लाकेन लिम्बूलाई पनि ‘नम्बर ९ रोल’मा प्रयोग गरेका थिए । यसपाली लाकेन अनुपस्थित छन् । उनीसँगै अनुभवी खेलाडीहरु – अञ्जन विष्ट र एरिक विष्ट पनि लाओस जाने टोलीमा छैनन् । विभिन्न स्रोतका अनुसार एरिक सर्जरीपछि आराम गरिरहेका छन् भने अञ्जन प्राविधिक कारण बाहिर छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोलकर्ताको दौडमा निराजन मल्ल र हरि खड्कासँगै १३ गोलका साथ शीर्ष स्थानमा रहेका अञ्जनले लाओसविरुद्ध १–१ को बराबरीमा गोल पनि गरेका थिए । जतिबेला टोलीको टचलाइन इटालियन भिन्सेन्जो अलबर्टो एनेसले सम्हालेका थिए । त्यसपछि रसको नेतृत्वमा नेपालले हार बेहोर्यो । मंगलबार एसियन कप २०२७ अभियानमा लाओसविरुद्ध चौथोपटक खेलिरहँदा नेपालको टचलाइनमा एरिना हुनेछन् ।

स्विट्जरल्यान्डमा जन्मिएका इटालियन नागरिक एरिना लाओसका पूर्व मुख्य प्रशिक्षक हुन् । उनले सन् २०२३ मा केही समय लाओसको सिनियर र युवा टोली हेरेका थिए । यसले नेपाललाई मंगलबारको खेलमा फाइदा पुर्याउँला त ?

‘लाओसको फुटबलका बारेमा मलाई केही कुरा अवश्य थाहा छ । तर, लाओसले केही महिनाअघि मात्र नयाँ प्रशिक्षक नियुक्त गरेको छ । नयाँ प्रशिक्षक अर्थात नयाँ फुटबल,’ एरिनाले भने, ‘मैले यो खेललाई मैत्रीपूर्ण खेल सरह लिएको छु । म साफ च्याम्पियनसिपका लागि टोली बलियो पार्न चाहन्छु । त्यसैका लागि यो खेलले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

नेपालजस्तै लाओसमा पनि सन् २०२३ यता चार प्रशिक्षक फेरिएका छन् । अहिले टोलीलाई सर्बियन प्रशिक्षक भ्लादिका ग्रुजिकले लिड गरिरहेका छन् ।

नेपाली राष्ट्रिय टोलीमामा पछिल्लो तीन वर्ष खेलाडीहरु ‘रोटेट’ भइरहेका छन् । यसपाली मिलन र युवराजसहित ५ नयाँ अनुहार छन् । गत नोभेम्बरमा नेपालले आफ्नो पाँचौं खेलमा मलेसियाको सामना गरेको थियो । मलेसिया भ्रमण गरेको त्यो टिमबाट ७ खेलाडीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

समूह ‘एफ’मा जितविहीन नेपालले तीन अंक भने बटुल्न सफल भएको छ । अनुशासन संहिताको धारा २२ को उल्लंघन गरेको भन्दै मलेसिया फुटबल संघ विश्व फुटबलको सर्वोच्च निकाय- फिफाको कार्बाहीमा परेसँगै नेपालले तीन अंक प्राप्त गरेको थियो । यद्यपि उपहारस्वरुप पाएको यो जितले नेपाली फुटबललाई कुनै पनि खालको खुसी दिएको छैन । नेपाली टोली आफ्नै बलबुतोमा अंकको खाता खोल्न चाहन्छ । लाओसविरुद्ध नेपाल प्रतिष्ठाको जोगाउने लक्ष्यमा हुनेछ ।

खासमा लाओसँगको खेल नेपालमै हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएपछि नेपाली खेलाडी बुकित जलिलको पाहुना बन्न बाध्य भएको हो ।

आफ्नो हक लाग्ने खेल विपक्षीको मैदानमा खेल्नुपर्ने दूर्भाग्यपूर्ण नतिजाको श्रृंखलाले निरन्तरता पाइरहँदा नेपाली खेलाडीले फेरि एकपटक घरेलु समर्थकको समर्थन ‘मिस’ गर्नेछन् । नेपाललाई जितबाहेक विकल्प छैन । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो