काठमाडौं । एक समय यस्तो थियो, जतिबेला नेपाली क्रिकेटमा पुरुषभन्दा महिला टिमले पहिले विश्वकप क्रिकेटको मञ्चमा प्रतिस्पर्धा गर्नेछ भन्ने।
धेरै पहिले हैन, अहिलेभन्दा करिब डेढ दशक अघिसम्म नेपाली क्रिकेटमा महिला टिमको प्रदर्शनले क्रिकेट ‘पण्डित’ र समर्थकलाई यो आशा देखाएको थियो ।
तर, समयले डेढ दशक फड्को मार्दा नेपाली क्रिकेटको पुरुष टिम तेस्रो पटक विश्वकप खेल्ने तीव्र तयारीमा जुटेको छ । अहिलेको टिम हेर्दा लाग्छ, यसै वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाली टिम टेस्ट राष्ट्रविरुद्ध समेत ‘सरप्राइज’ नतिजा निकाल्न योग्य छ ।
नियमित जिम्मेवारीसहित महिला टिमको जिम्मेवारीमा आएका पाठक पहिलो विदेशी प्रशिक्षक हुन् । यसकारण नेपाली महिला क्रिकेट इतिहासमै पाठक पहिलो विदेशी प्रशिक्षक बनेका छन् ।
पुरुष टिमले यसरी लगातार सफलता पाइरहँदा कुनै समयको बलियो महिला क्रिकेट टिम भने एसोसिएट क्रिकेटकै झिनामसिनो सफलतामा संघर्षरत छ । यसको एउटै कारण, पुरुष टिमको प्रदर्शनले महिलाको क्षमतालाई छायाँमा पारेको हुनसक्छ । नेपाली क्रिकेटकै अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)को प्राथमिकतामा पर्न नसक्नु अर्को मुख्य कारण हो ।
तर, महिला टिमको यही निराशाजनक स्थितिमा सुधारका लागि क्यानले अग्रगामी कदम चाल्दै नयाँ प्रशिक्षक ल्याएको छ । भारतीय प्रशिक्षक हर्शल पाठकले अबको दुई वर्ष नेपाली महिला क्रिकेट टिमलाई दिशा दिनेछन् । नेपाली महिला क्रिकेट टिमले यसअघि ‘कन्सलट्यान्ट’ प्रशिक्षकका रूपमा छोटो समयका निम्ति विदेशी प्रशिक्षकको प्रशिक्षण नपाएको होइन । तर, नियमित जिम्मेवारीसहित महिला टिमको जिम्मेवारीमा आएका पाठक पहिलो विदेशी प्रशिक्षक हुन् । यसकारण नेपाली महिला क्रिकेट इतिहासमै पाठक पहिलो विदेशी प्रशिक्षक बनेका छन् ।
घरेलु मैदानमा हुने विश्वकप टी–२० ग्लोबल क्वालिफायरअघि जिम्मेवारीमा आएका पाठकसामु आफूलाई नेपाली महिला क्रिकेटमा स्थापित गर्ने ठूलै अवसर छ । तर, अवसरसँगै चुनौती दुईगुना छन् । स्रोत र साधनको उपलब्धता सीमित छ । अनुभवी खेलाडीबीच युवालाई अवसर दिनुपर्ने दबाब छ ।
अनि सबैभन्दा महत्वपूर्ण ग्लोबल क्वालिफायरमा प्रभावशाली प्रदर्शनको दबाब पनि छ । यी चुनौतीका चाङ प्रशिक्षक पाठकले जिम्मेवारीमा आउनुअघि नदेखेका होइनन् । तर, नेपाली महिला टिमको ‘क्रिकेट लगाव’ अघि उनलाई यी चुनौती निकै सानो लाग्नेछ ।
उनको नेतृत्वमा थाइल्यान्डले सन् २०२२ को एसिया कप सेमिफाइनलमा टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको थियो ।
‘मैले खेलाडीमा क्रिकेटप्रति अत्यधिक मोह देखें । विपक्षी टिमको प्रशिक्षक बन्दा पनि मैले सधैं खेलाडीहरूमा उच्च क्षमता रहेको पाएँ । एउटा प्रशिक्षकको रूपमा भन्नुपर्दा, क्रिकेटप्रति धेरै मोह भएका खेलाडीसँग खेल्नु र टिमको नेतृत्व गर्दाको सन्तुष्टि अरू कुनैमा हुन सक्दैन । म नेपालमा आउनुको मुख्य कारणमध्ये यो एक हो,’ दुई वर्षे सम्झौतासहित जिम्मेवारीमा आएका पाठकले भनेका थिए ।
को हुन् पाठक ?पाठक भारत पुनेका स्थायी बासिन्दा हुन् । घरेलु क्रिकेटमा राम्रै छाप बनाएका उनी सन् २०१३ मा महाराष्ट्रको पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षक बनेका थिए । यस संस्करण महाराष्ट्र रणजी ट्रफीको फाइनलसम्म पुगेको थियो ।
यसपछि पाठक भारतमै सीमित रहेनन् । उनी मुख्य प्रशिक्षको जिम्मेवारी निभाउन थाइल्यान्ड पुगे । थाइल्यान्डले सन् २०१८ मा पाठकलाई राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

मुख्य प्रशिक्षक भएको दुई वर्षको अन्तरालमा थाइल्यान्डले पाठकको नेतृत्वमा विश्वकप तय गर्याे । थाइल्यान्डले सन् २०२० मा टी–२० महिला क्रिकेट विश्वकप खेलेको थियो । यो थाइल्यान्डले खेलेको एकमात्र संस्करण हो । उनको नेतृत्वमा थाइल्यान्डले सन् २०२२ को एसिया कप सेमिफाइनलमा टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको थियो । थाइल्यान्डमा पाएको सफलताका कारण पाठक क्यानको मुख्य आकर्षण बने ।
ग्लोबल क्वालिफायरनेपालकै मूलपानीका दुई र कीर्तिपुरको त्रिवि क्रिकेट रंगशाला गरी तीन मैदानमा हुने ग्लोबल क्वालिफायरमा कुल १० टोलीको सहभागिता छ । प्रतियोगितामा नेपालको उपस्थिति हेर्ने हो भने सबैभन्दा कमजोरभन्दा फरक पर्दैन ।
नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे छ ।
कारण, आईसीसीको महिला टी–२० वरीयतामा नेपाल २१औं स्थानमा छ । छनोटमा सहभागीमध्ये नेपालभन्दा पछि रहेको एकमात्र टोली हो, अमेरिका । बाँकी आठको वरीयता नेपालभन्दा माथि छ ।
छनोटमा नेपाल र अमेरिकासँगै आयरल्यान्ड (नवौं), बंगलादेश (१०औं), स्कटल्यान्ड (११औं), थाइल्यान्ड (१२औं), पपुवा न्युगिनी (१३औं), नेदरल्यान्ड्स (१४औं), जिम्बाब्वे (१५औं) र नामिबिया (१८औं) स्थानमा छन् ।

नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे छ ।
तर, सबै टिम आफूभन्दा बलिया रहे पनि प्रशिक्षक पाठक भने सकारात्मक छन् । उनी भन्छन्, ‘मैले नेपाली महिला क्रिकेट टिमले विगत वर्षभन्दा अहिले धेरै सुधार ल्याएको पाएको छु । खेलाडी र समर्थकमा क्रिकेटप्रति माया उच्च छ । संघले पनि खेलअनुकूल वातावरण बनाएको छ । प्रशिक्षकका रूपमा नेपाल विश्वकपमा हुने विश्वास लिएको छु ।’