पुस ८, २०८२ बुधबार | ०५:२१:४१
एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने
शनिबारको दिन

एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो संंस्करण सुरु हुन मात्र १० दिन बाँकी छ । सहभागी आठै टिमले ११ नेपाली खेलाडी अनुबन्ध गरिसक्दा एक ट्यालेन्ट हन्टसहित कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्न आत्तुर देखिन्छन् । यसपटक पनि एनपिएलमा सबैको नजर विदेशी खेलाडीमै केन्द्रित हुँदैछ ।

पछिल्लो पटक पनि विदेशी खेलाडी नै हरेक खेलमा निर्णायक मोडमा रहे । नेपाली खेलाडी सबै टिमभित्र औषत हुँदा जुन टोलीले स्तरिय विदेशी ल्याउने छ सोही टिमको बलियो हुने प्रशिक्षकहरु नै दाबी गर्छन् ।

सोहीअनुसार अहिले सबै टिम कम्तिमा ४ देखि ६ सम्म विदेशी खेलाडी भित्राउने तयारीमा छन् । यसरी कम्तिमा पनि ३२ विदेशी खेलाडीले एनपिएल खेल्ने पक्का छ । २६ खेलाडीले एनपिएल खेल्न अनुबन्ध भइसकेका छन् । सबैभन्दा धेरै अमेरिका, अस्ट्रेलिया र इङ्ल्यान्डबाट समान पाँच खेलाडी अनुबन्ध भएका छन् । त्यसबाहेक स्कटल्यान्ड र दक्षिण अफ्रिकाबाट समान तीन तथा  न्युजिल्यान्डबाटबाट समान दुई खेलाडी अनुबन्ध हुँदा नेदरल्यान्ड्स, पाकिस्तान र युगान्डाबाट समान एक खेलाडी नेपाल आउने पक्का भएको छ ।

यसपटक चार मात्रै टिमलाई करेन्ट टेष्ट खेलिरहेका खेलाडी खेलाउन अनुमती छ । तर, कुनै पनि टिमले अहिलेसम्म करेन्ट टेष्ट खेलिरहेका खेलाडी भित्राएका छन् । तर, १८ महिनाअघि सम्म टिम बाहिर रहेका केही चर्चित नाम भने एनपिएलसँग जाडिसकेका छन् ।

यसपटक कुन टिमले कस्ता खेलाडी भित्राए  ?

जनकपुर बोल्ट्स 

लाहिरु मिलान्था (अमेरिका)वायनी पार्नल (दक्षिण अफ्रिका)पहिलो सिजन जनकपुरलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका लाहिरू मिलन्थालले पुनः जनकपुरबाटै खेल्दैछन् । श्रीलंकन मूलका अमेरिकी विकेटकिपरले पछिल्लो पटक १० खेलमा दुई अर्धशतकसहित सर्वाधिक दुई सय ९३ रन बनाएका थिए ।

सुदूरपश्चिम रोयल्स 

स्कट कुगेलेइन (न्युजिल्यान्ड)क्रिस लिन (अस्ट्रेलिया) हर्मित सिंह (अमेरिका)जोस ब्राउन (अस्ट्रेलिया) साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनका लागि पनि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइन र अमेरिकाका हर्मित सिंहसँग सम्झौता नवीकरण गरेको छ । सुदूरपश्चिम भित्रिने पहिलो विदेशी बनेका गुगेलेइनले पछिल्लो सिजन टोलीलाई उपविजेता बनाउन १७ विकेटका लिएका थिए । क्रिस लिन र जस ब्राउन भने पहिलो पटक एनपिएल खेल्दैछन् ।

कर्णाली याक्स 

मार्क रोबर्ट जेम्स वाट (स्कटल्यान्ड)विलियम बोसिस्टो (अस्ट्रेलिया)म्याक्स ओ डावड (नेदरल्यान्ड)कर्णालीले पहिलो विदेशीको रुपमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई भित्र्याएको हो । त्यसपछि अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले दोस्रो सिजनपनि कर्णालीबाटै खेल्न लागेका हुन् । ३२ वर्षीय बोसिस्टोले पछिल्लो पटक सात खेलमा दुई अर्धशतकसहित एक सय ९४ रन बनाउनुका साथै नौ विकेट लिएका थिए । नेदरल्यान्ड्सका म्यास ओ वाइडले पनि कर्णालीबाटै खेल्दैछन् । उनी पहिलो पटक एनपिएलमा देखिदैछन् ।

चितवन राइनोज

रवि बोपारा (इङ्ल्यान्ड)सोहेल तान्विर (पाकिस्तान)डेविड मलान (इङ्ल्यान्ड)अल्पेश रामजानी ( युगान्डा)पहिलो संस्करण प्लेअफ खेल्दै चोथो स्थान हासिल गरेको चितवन राइनोजले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । उनले एकै टिम तीनै खेलाडीले खेल्ने घोषणा गरेको थियो । दोस्रो संस्करणमा सबैभन्दा पहिला तीन खेलाडी अनुबन्ध गर्ने टिम बनेको उसले पहिलो संस्करण खेलेका इङ्ल्यान्डका रवि बोपारा र पाकिस्तानका सोहेल तान्विरसँग सम्झौता नवीकरण ग¥यो । इङ्लिस ब्याटर डेविड मलानलाई टोलीले थपेको छ । ३८ वर्षीय बायाँहाते ब्याटर मलानले ६२ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र १६ अर्धशतकसहित एक हजार आठ सय ९२ रन बनाएका छन् । इंल्यान्डले सन् २०२२ मा टी–२० विश्वकपको उपाधि जित्दा मलान टोलीको सदस्य थिए । यसैगरी उनले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए । चौथो विदेशी खेलाडीको रुपमा युगान्डाका अलरान्डरले ६५ ट्वान्टी २० खेल खेलेका छन् ।

काठमाडौं गोर्खाज

रिकार्डो भास्कोनेसेलोस (दक्षिण अफ्रिका)जेरार्ड इरास्मस (स्कटल्यान्ड)मिलिन्द कुमार (अमेरिका)बेन चाल्र्सवर्थ (इङ्ल्यान्ड)जोहन सिम्पसन (इङ्ल्यान्ड)सन्नी पटेल (अमेरिका)सहभागी सात टिमले कम्तिमा एक खेलाडी अनुबन्ध गर्दा काठमाडौं विदेशी खेलाडी बिहिन थियो । तर, गोर्खाजले पछिल्लो साता एकै पटक ६ खेलाडीकै कोटा पूरा गरेको छ । उसले पहिलो विदेशीको रुपमा दक्षिण अफ्रिकन विकेटकिपर तथा ब्याट्सम्यान रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध ग¥यो । जोहानेसबर्गमा जन्मिएका भास्कोनेसेलोसले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । त्यसपछि स्कटल्यान्डका जेरार्ड इरास्मससँग सम्झौता नवीरकण गरेको हो । काठमाडौंबाट अमेरिकाका मिलिन्द कुमार तथा इङ्ल्यान्डका खेलाडीद्वय बेन चाल्र्सवर्थ र जोहन सिम्पसन अनुबन्ध भएका छन् । शुक्रबार मात्रै टिमले भारतीय मूलका अमेरिकी ३८ वर्षीय खेलाडी सन्नी पटेललाई अनुबन्ध गरेको छ । इरास्मसपछि पाँचै खेलाडीले पहिलो पटक एनपिएल खेल्न लागेका हुन् ।

विराटनगर किङ्स 

साम हिजलेट (अस्ट्रेलिया)जर्ज मुन्से (स्कटल्यान्ड)फाफ डुप्लेसिस (दक्षिण अफ्रिका)मार्टिन गप्टिल (न्युजिल्यान्ड)मार्चन्ट डि लिग्ने (दक्षिण अफ्रिका)विराटनगर किङ्सले दोस्रो एकपिएलको लागि भित्राएको ठूलो नाम हो, फाफ डेप्लेसिस । उनी दोस्रो एनपिएल खेल्ने अहिलेसम्म सार्वजनिक भएका मध्ये सबैभन्दा चर्चित अनुहार हुन् । तेस्रो विदेशी खेलाडीको रुपमा विराटनगरमा अनुबन्ध भएका ४१ वर्षीय डुप्लेसिसले आइपिएल, पाकिस्तान प्रिमियर लिग र बिबिएल जस्ता विश्व चर्चित लिग खेलेका छन् । त्यस्तै, अर्का चर्चित खेलाडी मार्टिन गप्टिलले सम्झौता नवीकरण गरेका छन् । पहिलो संस्करण उनको प्रदर्शन चर्चाअनुसार भने रहन सकेन । उनले एकदिवसीय विश्वकपमा दोहोरो सकत बनाएका थिए । विराटनगरले अस्ट्रेलियन अलराउन्डर साम हिजलेट र स्कटल्यान्डका जर्ज मुन्सेसँग सम्झौता गरिसकेको छ । हिजलेटले अस्ट्रेलियाका लागि एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल न्युजिल्यान्डविरुद्ध खेलेका छन् । उनीसँग ब्रिसबन हिट र होबर्ट हुरिक्यान्सबाट बिग ब्यास लिग खेलेको पनि अनुभव छ । स्कटल्यान्डका ३२ वर्षीय बायाँहाते ब्याटर जर्जले ८१ ट्वान्टी २० आईमा दुई हजार तीन सय दुई रन बनाएका छन् ।

पोखरा एभेन्जर्स 

एडम रोसिङटन (इङ्ल्यान्ड)पहिलो संस्करण राम्रो नभएपछि पोखरा थन्डर्सले यसपटक नयाँ विदेशी खेलाडीमै ध्यान केन्द्रित दिएको छ । उसले पहिलो विदेशीको रुपमा इङ्ल्यान्डका ३२ वर्षीय अनुभवी विकेटकिपर तथा ब्याटर एडम रोसिङटनलाई अनुबन्ध ग¥यो ।  शीर्षक्रमका ब्याटर रोसिङटनले इंग्लिस काउन्टीमा  र पाकिस्तानको कराँची किंग्सबाट खेलेको अनुभव छ ।  उनी पहिलोपटक नेपालमा व्यावसायिक क्रिकेट खेल्न आउन लागेका हुन् ।

लुम्बिनी लायन्स 

डार्सी सर्ट (अस्ट्रेलिया) पहिलो सिजन बिर्सनलायक प्रदर्शन गरेको लुम्बिनी लायन्सले दोस्रो एनपिएलका नयाँ विदेशीमै केन्द्रित भएको छ । उनले पहिलो विदेशीको रुपमा ३५ वर्षीइ अस्ट्रेलियन ब्याटर डार्सी सर्टलाई अनुबन्ध ग¥यो । डार्सीले अस्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म २३ ट्वान्टी–२० र आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । बायाँहाते ओपनिङ ब्याटर डार्सीसँग इन्डियन प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिगजस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ ।