फाल्गुन २०, २०८२ बुधबार | ०७:०५:०६
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार
शनिबारको दिन शनिबारको दिन

चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह

काठमाडौं । नेपालमा शीर्ष डिभिजन लिग नभएको ठ्याक्कै ९५० दिन पार भइसक्यो । वर्षअनुसार भन्दा करिब तीन । यसअनुसार २०७९ को असार ६ गते भएको चुनावी साधारणसभाबाट आएको पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिले चार वर्षे कार्यकाल पूरा गरिसक्दा नेपाली फुटबलले एक पटकमात्र सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता पाएको छ । नेम्वाङ नेतृत्वको कार्यसमितिले सुरुआतमै डबल राउन्ड रोविन पद्दतिमा लिग गरेर वाहवाही नपाएको भने होइन ।

तर, त्यसपछिका तीन वर्षसम्म लिग नहुँदा नेपाली फुटबल समर्थकमाझ यो कार्यसमिति निरीह बनेको छ । घरेलु फुटबलको मेरुदण्ड मानिने शीर्ष डिभिजन लिग एन्फाको पदीय खिचातानीमा पर्दा नेपाली खेलकुदमै फुटबलको प्रभाव दिन प्रतिदिन खुम्चिँदै गएको छ । खेलाडी पलायनको क्रम रोकिएको छैन । खेलाडी नै आन्दोलित हुनुपर्ने परिस्थिति पनि नेपाली फुटबलले देखिसक्यो । समर्थक प्रश्न गर्दागर्दै आजित बनिसकेका छन् ।

प्रतियोगितामा सहभागी सबै क्लबले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पेस गरेका थिए । तर, खेलाडी अनुबन्ध, प्रायोजकको खोजी र तयारीको सन्दर्भ एन्फासँगै क्लबहरु पनि निकै कमजोर देखिएका छन् ।

जवाफदेहिताको अर्थ नबुझ्ने एन्फा अहिले सहिद स्मारक ‘ए’ डिभिजन लिगको विकल्पमा राष्ट्रिय लिगमा व्यस्त छ । सुरुमा एन्फा प्रेसिडेन्ट लिगका चार र ए डिभिजनका शीर्ष ६ टिम गरी १० टोलीको सहभागितामा राष्ट्रिय लिग गर्ने एन्फाको प्रस्ताव थियो । तर, यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने भएपछि एन्फाले शीर्ष डिभिजनका सबै क्लबलाई प्रतियोगितामा सहभागिता गराउने निर्णय गरेको हो ।

एन्फाको निर्णयअनुसार लिगका कुल १४ मध्ये १३ क्लब प्रतियोगिता खेल्न राजी भएका छन् । तर, निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हिमालयन शेर्पाले भने यसमा सहभागिता जनाउन आवश्यक ठानेन । यही कारण बुधबार (पुस ३०) देखि सुरु लिग प्रतियोगितामा प्रेसिडेन्ट लिगका चार र ए डिभिजन लिगका १३ गरी कुल १७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

तर, शीर्ष डिभिजन लिगको विकल्पमा अघि सारिएको यो प्रतियोगिताको चर्चा नेपाली फुटबल समर्थकमाझ शून्यप्रायः छ । अझ, लाइभ प्रसारण हेर्न शुल्क तिर्नुपर्ने प्रावधानले घरेलु फुटबल समर्थकलाई झनै निरास बनाएको छ । सिधा अर्थमा खेलाडी र क्लब व्यवस्थापन पनि यस प्रतियोगितालाई उत्साही छैनन् ।

नेपाली फुटबलको अभिभावक निकाय एन्फाले यो लिग प्रतियोगिता करिब तीन महिनासम्म चल्ने जनाएको छ । जसको विजेताले एएफसीको प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्न पाउने छ ।

पुस २९मा भएको प्रि–म्याच प्रेस कन्फरेन्समा क्लबका प्रतिनिधिहरूले दिएको प्रतिक्रियामा पनि गुनासो चर्को थियो ।

प्रतियोगितामा सहभागी सबै क्लबले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पेस गरेका थिए । तर, खेलाडी अनुबन्ध, प्रायोजकको खोजी र तयारीको सन्दर्भ एन्फासँगै क्लबहरु पनि निकै कमजोर देखिएका छन् ।

‘प्रतियोगिताका निम्ति सोेचे जस्तो तयारी गर्न पाएनौँ । विगतमा मछिन्द्रको टिम जस्तो हुन्थ्यो, यस पटक त्यस्तो टिम खडा गर्न सकेका छैनौँ । तर, हामी यस संस्करण विजेता बन्ने लक्ष्यका साथ खेल्नेछौँ,’ मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले आफ्नो तयारीबारे भनेका थिए ।

उनीसँगै नवप्रवेशी शीर्ष डिभिजन टिम भगवती क्लबका कप्तान अशोक खवासले यसरी प्रतिक्रिया दिए, ‘इमान्दारीपूर्वक भन्ने हो भने यो प्रतियोगिताका निम्ति हामीले पर्याप्त तयारी गर्न पाएनौँ । यो प्रतियोगिता खेलेजस्तो मात्र भइरहेको छ ।’

खेलाडी अभावले युवा खेलाडीमा दबाबघरेलु फुटबल ठप्प हुँदा नयाँ करियरको खोजीमा अधिकांश खेलाडी विदेसिँदा क्लबहरु निकै मारमा छन् । खेलाडी अभाव हुँदा सहभागी अधिकांश टोली युवा र नयाँ अनुहारमा निर्भर छन् । शीर्ष डिभिजन लिगदेखि विभागीय टिमसमेत प्रतियोगिताको निम्ति युवा खेलाडीमा केन्द्रित छन् ।

टिमका खेलाडीहरू विदेश पलायन भएपछि हामीले यु–१८ र यु–२३ का केही खेलाडीलाई टिममा समावेश गरेका छौँ ।

‘हाम्रो टिममा अधिकांश युवा र उमेर समूहका खेलाडीमात्र छन् । टिममा ‘बी’ र ‘सी’ डिभिजन लिग तथा यु–२० का खेलाडीको बाहुल्य छ,’ मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक शैलेश कर्माचार्यले भने ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षक जितेन्द्र कार्कीको प्रतिक्रिया पनि कर्माचार्यको जस्तै रह्यो । उनी भन्छन्, ‘हामीले प्रतियोगिताका लागि अनुभवी र युवा खेलाडीहरूलाई समावेश गरेर सन्तुलित टिम बनाएका छौँ । टिमका खेलाडीहरू विदेश पलायन भएपछि हामीले यु–१८ र यु–२३ का केही खेलाडीलाई टिममा समावेश गरेका छौँ,’ उनले भने ।