मंसिर २७, २०८२ शनिबार | ०२:२३:३१
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत
शनिबारको दिन शनिबारको दिन

‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई फेरि एकपटक सुनौलो अवसर आएको छ । देउडा गाउँदै बाक्लो समर्थकको उपस्थितिले हौसिएको टोली फेरि नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा पुगेको छ ।

पछिल्लो पटक पनि टोली सानदार प्रदर्शन गर्दै फाइनलमा त पुग्यो । तर, निर्णायक खेलमा जनकपुर बोल्ट्ससँग नराम्ररी घुँडा टेक्न बाध्य भएको सुदूरले बिर्सिएको छैन ।

यसपालि फेरि सानदार प्रदर्शनसहित फाइनलमा स्थान बनाएको सुदूरपश्चिमले नयाँ प्रतिद्वन्द्वी लुम्बिनी लायन्सलाई पाएको छ । सुदूरको सानदार प्रदर्शन रहँदा लुम्बिनीले भने औसत प्रदर्शन गरेको छ । तर, उसले मैमत्त भएका विपक्षीलाई नराम्ररी थला पारेका क्षणहरू छन् । त्यही दुर्भाग्य भोग्ने पक्षमा सुदूर छैन ।

विनोद धेरै रन बनाउने पहिलो नेपालीतर्फ अगाडि छन् । विकेटकिपरको भूमिकामा पनि उनी अगाडि छन् । 

स्थानीय प्रशिक्षक जगत टमाटा र कप्तान दीपेन्द्रसिंह ऐरीलाई अग्रस्थानमा राखेर फ्रेन्चाइज रोयल्सले प्रभावशाली प्रदर्शन गरिरहेको छ । टोली उपाधिको भोको छ । टोलीले फाइनलसम्म आइपुग्दा आठ खेल खेलेको छ । त्यसमध्ये एकमात्रै खेलमा पराजित भयो । विराटनगरविरुद्धको लिग चरणको अन्तिम खेल बिर्सने हो भने टोलीको प्रदर्शन अद्भूत रह्यो ।

सुदूरले पहिलो खेलमै काठमान्डु गोर्खाजलाई २९ रनले हरायो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको सुदूरले त्यसपछि लुम्बिनीलाई ७ विकेटले हराएको थियो । पक्कै लुम्बिनीमाथिको यही नतिजा दोहोर्याउने योजनामा हुनेछ सुदूर । पाँचौं खेलमा सुदूरले जनकपुरलाई ६ विकेटले हराउँदै गत वर्षको फाइनलको बदला लिएको थियो । छैटौं खेलमा पनि यही लय कायम राख्दै टोलीले चितवन राइनोजमाथि ४९ रनको जित हासिल गर्यो । यद्यपि लिग चरणको अन्तिम खेलमा विराटनगरसँग टोली ६ विकेटले पराजित भयो । लिगको टोलीको हार यही एउटा रह्यो ।

लगातार उत्कृष्ट प्रदर्शनपछि फाइनलमा पुगेको सुदूरका खेलाडीको व्यक्तिगत प्रदर्शन पनि उच्च छ । कप्तान दीपेन्द्रसिंह र ओपनर विनोद भण्डारीको प्रदर्शन तारिफयोग्य छ । विनोदले दुई अर्धसतकसहित २ सय ६४ रन बनाइसकेका छन् । ८ इनिङ्समा उनले २३ चौका र ८ छक्का हिर्काएका छन् । सर्वाधिक रन बनाउने खेलाडी सूचीमा उनी दोस्रो स्थानमा छन् । उनीअघि पोखराका एडम रोसिङ्टनले ३ सय २३ रन बनाएका छन् ।

 टोली अनुवभी र युवा खेलाडीको समिश्रणमा दर्शकको साथ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नयाँ इतिहास रच्न व्यग्र प्रतीक्षा गरिरहेको छ । 

विनोद धेरै रन बनाउने पहिलो नेपालीतर्फ अगाडि छन् । विकेटकिपरको भूमिकामा पनि उनी अगाडि छन् । उनले ८ इनिङ्समा सबैभन्दा धेरै १० ब्याटरलाई आउट गरेका छन् । उनीपछि पोखराका एडमसँग ७ पटक विपक्षी खेलाडी आउट गरेको कीर्तिमान छ । विनोदलाई लुम्बिनीका कप्तान रोहित पौडेलले पछ्याइरहेका छन् ।  उनले पनि ९ इनिङ्समा २६० रन बनाइसकेका छन् । विनोदसँगै घर फर्किएका अस्ट्रेलियन खेलाडीद्वय जस ब्राउन र क्रिस लिन तथा इशान पाण्डे र अमेरिकाका हर्मित सिंहले एक एक पटक अर्धशतक बनाएका छन् ।

यता, बलिङतर्फ तीव्र गतिका बलर अभिनाश बोहरा १६ विकेटसहित धेरै विकेट लिने खेलाडी सूचीमा दोस्रो स्थानमा छन् । उनले एक विकेट लिए विराटनगरका कप्तान सन्दीप लामिछानेसँग बराबरी गर्नेछन् । सन्दीपले १७ विकेट लिएका छन् । लुम्बिनीका शेर मल्ल १४ विकेटसहित तेस्रो स्थानमा छन् । काठमान्डु गोर्खाजका शाहब आलम र करण केसीले समान १३ विकेट लिएका छन् ।

अमेरिकी अलरान्डर हर्मितले १२ विकेट लिएका छन् । अर्का तीव्र गतिका न्युजिल्यान्ड ३३ वर्षीय बलर स्कट कुग्लेइनले पनि १० विकेट लिइसकेका छन् । दीपेन्द्रको नाममा ८ विकेट रहेको छ ।

क्रिस लिन र जस ब्राउन घर फर्किएपछि सुदूरपश्चिमले पाकिस्तानी मूलका अमेरिकी खेलाडी मुख्तर अहमद र भारतीय खेलाडी शेल्डन ज्याकसनलाई अनुबन्ध गरेको छ । टोली अनुवभी र युवा खेलाडीको समिश्रणमा दर्शकको साथ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नयाँ इतिहास रच्न व्यग्र प्रतीक्षा गरिरहेको छ । तबमात्र उसले सबैलाई नाराजस्तै लड्डु बाँड्ने छ ।

रोड टु फाइनल– सुदूरपश्चिम रोयल्सलिग चरण काठमान्डु रोयल्सविरुद्ध २९ रनले विजयीपोखरा एभेन्जर्सविरुद्ध १८ रनले विजयीकर्णाली याक्सविरुद्ध ४५ रनले विजयीलुम्बिनी लायन्सविरुद्ध ७ विकेटले विजयीजनकपुर बोल्ट्सविरुद्ध ६ विकेटले विजयीचितवन राईजविरुद्ध ४९ रनले विजयीविराटनगर किंग्ससँग ६ विकेटले पराजितक्वालिफायर १ विराटनगर किंग्सविरुद्ध ७७ रनले विजयी