काठमाडौं । युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्ग्लिस क्लब एस्टन भिल्लाले फ्रान्सको लिललाई हराएको छ । लिलको घरेलु मैदानमा भएको खेलमा भिल्ला १-० ले विजयी भएको हो ।
भिल्लाका लागि निर्णायक गोल खेलको ६१औँ मिनेटमा ओली वाट्किन्सले गरे ।
त्यस्तै अन्तिम १६ कै अन्य खेलमा पोर्टोले जर्मनीको स्टुटगार्टलाई उसकै मैदानमा २-१ ले हरायो । डेनमार्कको मिड्टजिल्यान्डले इङ्ग्लिस क्लब नटिङ्घम फरेस्टलाई १-० ले हरायो ।
इटालीका दुई क्लब बोलोन्या र रोमाबीचको खेल १-१ को बराबरीमा सकियो । त्यस्तै स्पेनको सेल्टा डि भिगो र फ्रान्सको लियोनबीचको खेल पनि १-१ को बराबरीमा सकियो ।
ग्रीसको पानाथिनाइकोसले स्पेनीस क्लब रियल बेटिसलाई १-० ले हरायो । बेल्जियमको जेन्कले बुन्डेस लिगा क्लब फ्राइबर्गलाई १-० ले पराजित गर्यो । उता हंगेरीको फेरेन्कभरोसले पोर्चुगलको ब्रागालाई २-० ले हरायो ।
