काडमाडौं । इटालियन गुग्लिएलमो एरिना नेपाली राष्टिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
दुई साताअघि नै नेपाल आइसकेका एरिनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेको हो । एरिनाले एन्फा महासचिव किरण राईबाट नियुक्ति पत्र ग्रहण गरे ।

स्विट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् । एएफसी प्रो-लाइसेन्स प्रशिक्षक उनीसँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ । उनले पछिल्लो पटक लाओसको सिनियर र युवा राष्ट्रिय टोली सम्हालेका थिए ।
एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही चैत १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
