फाल्गुन २८, २०८२ बिहीबार | २०:४१:३७
काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी

काठमाडौं, चितवन र मकवानपुर विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं, चितवन र मकवानपुर जिल्ला विजयी भएका छन् ।

लगातार तेस्रो जितका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा काठमाडौंले भक्तपुर जिल्लालाई ८० रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको काठमाडौंले ५० ओभरमा ९ विकेट गुमाएर २८० रनको योगफल तयार गरेको थियो ।

काठमाडौंको जितमा उत्तम थापा मगर शतक बनाउँन मात्र ५ रनले चुके । रविन जोशीले ५२ तथा इशान पाण्डेले २९ रन जोडे । भक्तपुरका लागि सक्रिय कार्की र सुवास खत्रीले समान ३ तथा कप्तान कृष कार्की र अभिनाश बस्यालले समान १ विकेट लिए ।

२८९ रनको लक्ष्य पछ्याएको भक्तपुरले ४१ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २०० रन मात्र बनाउँन सक्यो । भक्तपुरका लागि सागर घिमिरेले ४३ तथा सुवास खत्रीले ४१ रन जोडे । काठमाडौंका लागि सन्दीप पराजुलीले ३ तथा कप्तान इशान पाण्डे र सोनु देवकोटाले समान २ विकेट लिए ।

लगातार तेस्रो जितका साथ काठमाडौं ६ अंकका साथ रनरेटमा पछि रहेर दोस्रो स्थानमा छ । पहिलो स्थानमा ३ खेलमा अपराजित ललितपुर जिल्ला रहेको छ ।

आजैभएको अर्को खेलमा शुभ कसांकार र सुमन सुनारको शतकमा मकवानपुरले नुवाकोट जिल्लामाथि २७६ रनको फराकिलो जित हात पारेको छ । तेस्रो खेलमा पहिलो जित हात पारेको मकवानपुर २ अंकका साथ पाचौं स्थानमा छ । लगातार तेस्रो खेलमा पराजित नुवाकोट अंकबिहिन रुपमा छैटौं स्थानमा छ ।

बिहिबारै भएको अर्को खेलमा चितवन जिल्लाले त्रिभुवन विश्वविद्यालयलाई २११ रनले पराजित गरेको छ । तेस्रो खेलमा पहिलो हार सहित चितवन ४ अंक सहित तेस्रो स्थानमा छ । लगातार तेस्रो हार सहित त्रिवि अंक तालिकाको पुछारमा छ ।

प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।‎

टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||