फाल्गुन २७, २०८२ बुधबार | २०:१०:०३
जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ?

पाकिस्तानमाथि बंगलादेशको सहज जित

काठमाडौं । पाहुना टोली पाकिस्तानमाथि घरेलु टोली बंगलादेशले सहज जित निकालेको छ ।

बंगलादेशको मिरपुरमा बुधबार सम्पन्न पहिलो ओडिआईमा पाहुना टोलीमाथि बंगलादेशले ८ विकेटले सहज जित हात पारेको हो ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले ३० दशमलब ४ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो।

पाकिस्तानका लागि फहिम अशरफले सर्वाधिक ३७ रन बनाए । साहिबजादा फरहानले २७ रन जोडे । माज सदाकत १८ तथा मोहम्मद रिजवान १० रनमा आउट हुदाँ अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बंगलादेशका नाहिद रानाले उत्कृष्ट बलिङ गर्दै ७ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिए । कप्तान मेहिदी हसन मिराजले ३ तथा मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए।

१ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १५ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 

बंगलादेशका लागि तन्जिद हसन तमिमले आक्रामक ब्याटिङ गर्दै ६७ रनको अर्धशतकीय इनिङ खेले । दोस्रो विकेटका लागि हसन र नजमुल हुसेन शान्तोले ८२ रनको साझेदारी गर्दै टोलीलाई सहज जितसम्म पुर्याए । शान्तोले २७ रन जोडे ।

पाकिस्तानका लागि शाहिन अफ्रिदी र मोहम्मद वासिमले समान १ विकेट लिए । यो जितसँगै बंगलादेशले तीन ओडिआई सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो ओडिआई खेल शुक्रबार रहेको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||