काठमाडौं । एन्फा राष्ट्रिय लिगमा बुधबार दुई खेल हुँदैछन् ।
बिहान १२ः१५ बजे हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले लालिगुराँस एसोसिएसनको सामना गर्नेछ । लालिगुराँसलाई हराउँदै तेस्रो स्थानमा उक्लिने लक्ष्यका साथ एनआरटी मैदानमा उत्रिनेछ । उता जितले लालिगुराँसलाई कम्तिमा पनि शीर्ष दुईमा पुर्यानेछ ।
हाल ९ खेलमा १८ अंक जोड्दै एनआरटी सातौं स्थानमा छ । समान खेलमा १९ अंकका साथ एनआरटी छैटौंमा छ ।
दिउँसो ४ बजे जावलाखेल युवा क्लबले पुछारबाट तेस्रो स्थानमा रहेको सातदोबाटो युवा क्लबसँग खेल्नेछ । जावलाखेल हाल ८ खेलमा ९ अंक जोड्दै १०औं स्थानमा छ । सातदोबाटोलाई हराए टोलीले दुई स्थान सुधार गर्नेछ । उता जितले सातदोबाटोलाई १२औं स्थानमा पुर्याउनेछ ।
दुबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
