फाल्गुन २६, २०८२ मंगलबार | २०:५५:२७
पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो

क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्राण्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ ।

मंगलबार कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा बमलाई एसपीए कलेजको आधिकारिक ब्राण्ड एम्बासडरका रूपमा घोषणा गरिएको हो । कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्य राखेर लोकेसलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ ।

लोकेश एसपीए कलेजका विद्यार्थी हुनुका साथै नेपाली क्रिकेटमा उदाउँदा प्रतिभाशाली विकेटकिपर(ब्याट्सम्यानका रूपमा परिचित छन् । उनले हालै सम्पन्न ट्वान्टी २० विश्वकप एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विभिन्न घरेलु क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश तथा समग्र राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

कलेजमा अध्ययनरत रहँदा नै लोकेसले खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । निरन्तर मेहनत, अनुशासन र उपलब्धिका कारण उनी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडीका रूपमा स्थापित भएका छन् ।

ब्राण्ड एम्बासडर नियुक्त भएपछि प्रतिक्रिया दिँदै क्रिकेटर लोकेशले आफू अध्ययन गरेको कलेजसँग जोडिन पाउँदा खुशी लागेको बताए । एसपीएले सधै नै उत्साहीत गराउँदै आईरहेको छ । आजको यो अवसरका लागि कलेजका प्रबन्ध निर्देशक सुवास शाहीलाई धन्यवाद दिदै यस्ता कार्यक्रम र अवसरले आफुहरुलाई प्रेरीत गर्ने बताए ।

साथै लोकेशले एसपीए कलेजले शिक्षा र खेलकुदलाई सँगै अघि बढाउँदै विद्यार्थीहरूलाई राम्रो वातावरण प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीहरूलाई प्रेरित गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए ।

सोही अवसरमा क्याम्पस प्रमुख बुधराम चौधरीले एसपीए कलेज र खेलकुद प्रर्यायबाची भएको बताउँदै विद्यार्थीहरु को सफल भविष्यको लागि सबै खेल सबै विधाका विद्यार्थीहरु लाई उत्तिकै महत्वका साथ अवसर प्रदान गर्दै आइरहेको र आगामी दिनमा गर्ने बताए ।

कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले पनि लोकेसलाई ब्राण्ड एम्बासडर नियुक्त गर्नु कलेजका लागि गर्वको विषय भएको बताए । उनले एसपीए कलेजले अध्ययनसँगै खेलकुदको अवधारणालाई आत्मसात गर्दै आएको उल्लेख गर्दै बमको सफल यात्राले कलेजका विद्यार्थीहरूलाई शिक्षा र खेलकुद दुवै क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

सोही अवसरमा कलेजले लोकेश बम र विद्यार्थीहरु का बिच  विषेश प्रेरणदायी प्रश्नोउत्तर, अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । एसपीए कलेजले यसअघि पनि नारायण जोशी, कविता कुँवर र शेर मल्ल लगायतका क्रिकेट खेलाडीहरूलाई कलेजको ब्राण्ड एम्बासडरका रूपमा नियुक्त गरिसकेको छ । कलेजले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता पहलहरूलाई निरन्तरता दिने जनाएको छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||