काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल काठमाडौंमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले सोमबार एक विज्ञप्ती मार्फत फाइनल खेल माथिल्लो मुलपानी मैदानमा हुने जनाएका हुन् । प्रतियोगिताको फाइनल खेल आगामी चैत ३ देखि ५ गते सम्म आयोजना हुनेछ । यसै महिनाको १७ देखि १९ गतेसम्म तोकिएको फाइनल खेल प्रतिनिधी सभा निर्वाचनका कारण सारिएको थियो ।
दुईदिवसिय प्रतियोगिताको फाइनल भने तीनदिवसिय ढाँचामा हुनेछ । फागुन १५ मा नै सकिएको प्रतियोगिताको लिग खेलबाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुदैछ । गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष ४ मा रहेका पुलिस, आर्मी, नेपाल एपिएफ क्लब र बागमती प्रदेश प्रतियोगितामा सहभागी रहेका थिए ।
गत संस्करणमा पनि फाइनलमा यही २ टोलीबीच नै खेल भएको थियो । आर्मीलाई हराउँदै पुलिसले उपाधी जितेको थियो ।
