काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मंगलबार दुई खेल हुँदैछन् । दुबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुनेछन् ।
बिहान १२ः१५ बजे मनाङ मस्र्याङ्दी क्लबले चित्लाङ एफसीको सामना गर्नेछ । मनाङ अहिले ९ खेलमा ९ अंक जोड्दै अंकतालिकाको ११औं स्थानमा छ । चित्लाङलाई हराए मनाङलाई आठौं स्थानमा उक्लिने अवसर छ । उता मनाङलाई हराए संकटा नवौं स्थानमा उक्लिनेछ । हाल ९ खेलमा ७ अंक जोडेको चित्लाङ पुछारबाट चौथो स्थानमा छ ।
दिउँसो ४ बजे हुने दोस्रो खेलमा पुछारको नव जन जागृति क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्रविरुद्ध जन जागृति पहिलो अंकको खोजीमा हुनेछ । जन जागृति लिगमा अंकको खाता खोल्न नसक्ने एकमात्र टोली हो । मछिन्द्र हाल ८ खेलमा १९ अंक जोड्दै पाँचौं स्थानमा छ । जन जागृतिलाई हराए मछिन्द्र शीर्ष स्थानमा उक्लिने छ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
