फाल्गुन २५, २०८२ सोमबार | १७:१४:२४
ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन

ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सातदोबाटोस्थित आफ्नो कार्यलयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार नेपाल फुटबल खेलाडी संघले कुनै पूर्व जानकारी (औपचारिक संवाद) विना मुख्यालयमा तालाबन्दी गरेको भन्दै एन्फाले सोमबार प्रेस विज्ञप्ति जारी गदै आपत्ति जनाएको हो ।

एन्फाले विज्ञप्तिमार्फत खेलाडी संघले उठाएका तीन बुँदे मागबारे आफ्नो धारणा स्पष्ट गरेको छ ।

एन्फाले राष्ट्रिय लिग सम्पन्न भएपछि एक महिनाभित्र ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । यसबीच खेलाडी संघको तालाबन्दीका कारण दैनिक प्रशासनिक गतिविधि अवरुद्ध भएकाले तत्काल यो प्रतिबद्धता कार्यन्वयन गर्न कठिन भएको एन्फाले बताएको छ ।

खेलाडी कल्याण कोष सम्बन्धमा पनि एन्फाले स्पष्टीकरण दिएको छ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिबद्ध रहेको एन्फाले जनाएको छ ।

त्यस्तै वर्तमान कार्यसमितिले घोषणा गरेका पुरस्कारहरु पूर्ण रुपमा भुक्तानी गरिसकेको एन्फाले जनाएको छ । अघिल्ला कार्यसमितिले निर्णय गरेर बाँकी रहेका पुरस्कार रकममध्ये अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्राप्त आम्दानीबाट क्रमशः उपलब्ध गराइसकिएको र बाँकी रकम पनि नियमअनुसार भुक्तानी गरिने एन्फाको भनाइ छ ।

एन्फाले खेलाडी संघको तालाबन्दीका कारण घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित हुन सक्ने चेतावनी दिएको छ । जारी राष्ट्रिय लिग, एएफसी महिला एसियन कप छनोट, फिफा सिरीजअन्तर्गतको मैत्रीपूर्ण खेल, महिला तथा उमेर समूहका प्रतियोगिताको तयारी लगायतमा असर पर्ने एन्फाले जनाएको छ ।

एन्फाले संवाद र वार्ताबाट समस्या समाधान गर्न आफू सँधै तयार रहेको उल्लेख गर्दै ताला तत्काल खोल्न खेलाडी संघलाई आग्रह गरेको छ । अन्यथा नेपाली फुटबल गतिविधि प्रभावित हुने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने एन्फाले चेतावनी दिएको छ ।

साथै एन्फाले आफ्नो भौतिक संरचना र दैनिक गतिविधिको सुरक्षाका लागि नेपाल सरकार तथा सुरक्षा निकायसँग सहयोगको अपिल पनि गरेको छ ।

आइतबार दिउँसो तीन बुँदे माग राख्दै अध्यक्ष विक्रम लामाको नेतृत्वमा तीन दर्जन हाराहारी खेलाडीको टोली एन्फा मुख्यालय पुगेको थियो । मुख्यालय प्रांगढमा छलफलका लागि एन्फा नेतृत्व अनुपस्थित भएपछि खेलाडीले तालाबन्दीको विकल्प रोजेका थिए ।

तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण, ९ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने लगायतका मागसहित खेलाडीहरु एन्फा पुगेका थिए ।

यो पनिः https://kheladi.com/football/29789


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||