फाल्गुन २५, २०८२ सोमबार | २३:५५:१५
एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान

एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

काठमाडौं । नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा तालाबन्दी गरेको छ ।

आइतबार दिउँसो तीन बुँदे माग राख्दै अध्यक्ष विक्रम लामाको नेतृत्वमा तीन दर्जन हाराहारीका खेलाडीको टोली एन्फा मुख्यालय पुगेको थियो । मुख्यालय प्रांगढमा छलफलका लागि एन्फा नेतृत्व अनुपस्थित भएपछि खेलाडीले तालाबन्दीको विकल्प रोजेका हुन् ।

‘हामी वार्ताका लागि तयार थियौं । प्रत्यक्ष रुपमा आमने–सामने छलफल गरेर समस्याको हल गर्ने हाम्रो योजना थियो । तर, उहाँहरु आउनुभएन । पटक–पटकका वार्ता र सडक संघर्षका बावजुद हाम्रा मागहरु एन्फाले बेवास्ता गर्दै आएको छ । त्यसैले हामी तालाबन्दीको निर्णयमा पुगेका हौं,’ अध्यक्ष लामाले भने ।

तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण, ९ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने लगायतका मागसहित खेलाडीहरु एन्फा पुगेका थिए । तर, उनीहरुको कुरालाई सम्बोधन गर्न एन्फा नेतृत्व उपस्थित थिएन ।

‘गत वर्ष अक्षय कोषमा एकै प्रतियोगिताबाट ६५ लाख रुपैयाँ जम्मा हुनुपर्ने थियो । तर, कोषको अपारदर्शिताका कारण हामीले त्यसबारे जानकारी पाउन सकिरहेका छैनौं,’ लामाले भने, ‘त्यही पैसाबाट हामीले सावित्रा भण्डारीलाई उपचारका लागि १० देखि १५ लाख उपलब्ध गराउन सक्थ्यौं । तर, एन्फा नेतृत्वको लाचारीपनले हामी आफैले कमाएको पैसा उपयोगबाट बञ्चित भइरहेका छौं । सावित्रा जस्ता खेलाडीको उपचारका लागि पनि आम जनतासँग सहयोग माग्न बाध्य भइरहेका छौं ।’

सन् २०१७ मा भुटानमा सम्पन्न साफ यु-१८ च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको थियो । एन्फाले त्यतिबेला छिरिङ लोप्चन लामाको नेतृत्वमा रहेको टोलीका प्रत्येक खेलाडीलाई दुई लाख रुपैयाँ दिने बाचा गरेको थियो । जसमध्ये खेलाडीले आधा रकम मात्र पाएको खेलाडी संघको गुनासो छ ।

त्यस्तै दुई साताअघि मात्र राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्राले एसिएलको शल्यक्रियाका लागि भावुक स्ट्याटस लेख्दै नेपाली समर्थकसमक्ष आर्थिक सहयोगको अपिल गरेकी थिइन् । घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख हाराहारी) चाहिने भएकाले सावित्राले समर्थकको साथ गुहारेकी थिइन् ।

सावित्राले एन्फासमक्ष सहयोगको याचना राखेको तर अध्यक्षले प्रशासनिक प्रक्रिया अगाडि बढाउन नसकिने जानकारी दिँदै पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने बताएको कुरा स्ट्याटसमा उल्लेख गरेकी थिइन् । सहयोग अपिलको २४ घण्टापछि सावित्राको नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्ल्याटफर्ममा ५२ हजार न्युजिल्यान्ड डलर (४५ लाख नेपाली रुपैयाँ) जम्मा भएको थियो ।

खेलाडीले एन्फा नेतृत्वलाई छलफलका लागि प्रांगढमा बोलाइरहँदा राजेन्द्र तामाङको नेतृत्वमा रहेको फुटबल प्रशिक्षक संघ मध्यस्तकर्ता बनेर उभिएको थियो । खेलाडीलाई तामाङसहित महासचिव राजेश शाही र कोषाध्यक्ष उर्जन श्रेष्ठले एन्फासँग संयमित भएर वार्ता गर्न सुझाव दिएका थिए । तर, खेलाडी र प्रशिक्षकबीचको वार्ता विना निश्कर्षमा टुंगियो । त्यसपछि मुख्यालयभित्र रहेका प्रशिक्षक, कर्मचारीलाई बाहिर पठाउँदै खेलाडीले तालाबन्दी गरेका थिए ।

खेलाडीहरुले सहिद स्मारक ‘ए’ लिग यसै वर्ष हुनुपर्ने अडान लिएका छन् । उनीहरु भन्छन्, ‘लिग यही चैतमा सुरु हुनुपर्छ । कम्तिमा पनि एक खेल चैतमा गरिदिओस् भन्ने हाम्रो माग हो ।’

राजधानीमा अहिले राष्ट्रिय लिग चलिरहेको छ । एन्फाको जारी गरेको परिमार्जित तालिका अनुसार राष्ट्रिय लिग चैत २९ गते सम्म चल्नेछ । यस्तोमा शीर्ष डिभिजन लिग यसै वर्ष नहुने निश्चित छ ।

आफ्नो माग सम्बोधन नभएसम्म खेलाडी संघले ताला नखोल्ने बताएको छ । ‘जबसम्म हाम्रो माग सम्बोधन हुँदैन । यो ताला यसरी नै रहिरहन्छ,’ संघका अध्यक्ष विक्रम लामाले भने ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||