फाल्गुन २५, २०८२ सोमबार | १०:५६:४३
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

राष्ट्रिय लिगमा आज तीन खेल

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा सोमबार तीन खेल हुँदैछन् ।

बिहान १० बजे हुने दिनको पहिलो खेलमा पुछारबाट चौथो स्थानमा रहेको फ्रेन्ड्स क्लबले श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

फ्रेन्ड्सले आफ्नो पहिलो खेलमा काँक्रे बिहार क्लबसँग ३-१ को पुनरागमन जित हासिल गरेको थियो । त्यसयता ७ खेलमा फ्रेन्ड्सले जित निकाल्न सकेको छैन । भगवतीले पछिल्लो खेलमा काँक्रे बिहारलाई नै ६-० ले हराएको थियो । अहिले ८ खेलमा ८ अंक जोड्दै भगवती १२औं स्थानमा छ ।

दिउँसो २ बजे हुने दिनको दोस्रो खेलमा २० अंकसहित शीर्ष स्थानको एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ । प्लानिङलाई हराए एपिएफले शीर्ष स्थानमा चार अंकको अग्रता लिनेछ । उता एपिएफलाई हराए हाल १८ अंकसहित पाँचौं स्थानमा रहेको प्लानिङ शीर्ष स्थानमा उक्लिनेछ ।

तेस्रो खेल साँझ ६ बजे हुनेछ । जहाँ नेपाल पुलिस क्लबको भेट विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबसँग हुनेछ । जितले आर्मीलाई दोस्रो स्थानमा पुर्याउनेछ । अहिले १७ अंकका साथ आर्मी सातौं स्थानमा छ । पुलिस ८ अंकका साथ ११औं स्थानमा छ । आर्मीलाई हराए पुलिसले तीन स्थान सुधार गर्नेछ ।

सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||