फाल्गुन २७, २०८२ बुधबार | ०१:२८:३२
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो

काठमाडौं । अर्को वर्ष ब्राजिलमा हुने फिफा महिला विश्वकपको १०औं संस्करणमा पुग्ने भारतको चुनौती समाप्त भएको छ ।

मंगलबार एएफसी एसियन कपमा लगातार तेस्रो हार बेहोर्दै भारत प्रतियोगिताबाट बाहिरिएको छ । एसियन कपबाट बाहिरिएसँगै भारतको सपना समाप्त भएको हो ।

अर्को चरणमा प्रवेश गर्ने हो भने ताइपेइविरुद्ध कम्तिमा पनि १२ गोल अन्तरको जित आवश्यक समूह ‘सी’को अन्तिम खेलमा भारतले ३-१ को हार बेहोर्यो । उता यो जितले ताइपेइलाई क्वार्टरफाइनलमा पुर्याएको छ ।

यो समूहबाट जापानले यसअघि नै अर्को चरणमा स्थान बनाइसकेका थिए । ताइपेइ समूहको दोस्रो स्थानमा रहेर अर्को चरण पुगेको हो । यो समूहबाट भारतसँगै भियतनाम पनि बाहिरियो ।

आजै भएको समूहको अर्को खेलमा जापानले भियतनाममाथि ४-० को सहज जित हासिल गर्यो ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो । लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्ने सेटअप थियो । भियतनामले भारतले पराजित गरेको थियो । तर, दुई गोलले पछाडि पर्दा उत्कृष्ट तेस्रो स्थानको टोलीबाट क्वार्टरफाइनलमा पुग्ने अवसरबाट चुक्यो ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने चार र क्वार्टरफाइनलमा पराजित चारमध्ये एक टोलीले सन् २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपमा स्थान बनाउने समीकरण छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||