माघ ८, २०८२ बिहीबार | १९:५४:३३
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गतको खेलमा ढिलोगरि मैदान प्रवेश गरेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)माथि २ हजार अमेरिकी डलर जरिवाना लागेको छ ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम चरणअन्तर्गत गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध भएको खेलको पहिलो हाफमा १ मिनेट २० सेकेन्ड तथा दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिलो मैदान प्रवेश गरेको भन्दै एएफसीले नेपालमाथि नगद जरिवाना गरेको हो ।

एएफसीको अनुशासन तथा इथिक्स समितिको यही डिसेम्बर १५ मा बसेको बैठकले उक्त खेलमा त्यतिनै समय ढिलाई गरेको आरोपमा घरेलु टोली मलेसियालाई पनि जरिवाना गरेको छ । मलेसियामाथि भने २५ सय डलर जरिवाना गरिएको छ ।

यसैगरी त्यही खेलमा प्लेयर अफ दी म्याच भएका मलेसियाका रक्षक मोहम्मद फैसल बिन अब्दुल हलिममाथि पनि नगद जरिवाना गरिएको छ ।

उनी प्लेयर अफ दी म्याच भएपछि पोष्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नभएका कारण जरिवानामा परेका हुन् । उनलाई एएफसीको अनुशासन समितिले १० हजार डलर जरिवाना गरेको छ ।

आफ्ना खेलाडीलाई नियमअनुसार पोष्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नगराएको मुल्य मलेसिया फुटबल संघले पनि जरिवाना तिरेर चुकाउनु परेको छ । मोहम्मद पत्रकार सम्मेलनमा उपस्थित नभएको विषयमा मलेसिया फुटबल संघमाथि पनि १० हजार डलर जरिवाना गरिएको छ ।

एन्फा, मलेसिया फुटबल संघ तथा मलेसियाली रक्षक मोहम्मदले जनवरी १५ सम्ममा जरिवाना तिरिसक्नुपर्ने एएफसीको निर्णयमा उल्लेख छ ।

नेपाल प्रतियोगिताको समूह ‘एफ’को पुछारमा सीमित भएर अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगिताबाट बाहिरिएको थियो । समूहका पाँच मध्ये सबै खेलमा हार बेहोरेको नेपालले अंकको खाता समेत खोल्न सकेको थिएन ।

भियतनाम र लाओससमेत सम्मिलित नेपालको समूहबाट शीर्ष स्थानमा रहँदै मलेसिया साउदी अरेबियाका लागि छनोट हुँदा भियतनाम समूहका पाँच खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा रह्यो भने लाओसले तीन अंक जोडेको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate