माघ २५, २०८२ आइतबार | १९:३१:३८
इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । राजधानीमा जारी विकास शिल्ड बहिरा फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा विजयी हासिल गर्दै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख)ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।

दिनको पहिलो खेलमा बागमती (ख)ले कर्णाली प्रदेशको चुनौती ३–१ ले पन्छायो । दोस्रो खेलमा बागमती (क)ले लुम्बिनी प्रदेशलाई पेनाल्टी सुटआउटमा ४–२ ले निराश पार्यो । यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।

दिनको तेस्रो खेलमा मधेश प्रदेश र सुदूरपश्चिम आमने–सामने भएका थिए । सुदूरपश्चिमले मधेशविरुद्ध ४–० को रवाफिलो जित हासिल गर्यो । अन्तिम क्वार्टरफाइनल खेलमा कोशीले गण्डकीमाथि ६–२ को सानदार जित निकाल्यो ।

सुन्दरढोका साथीसेवाले अपांगता खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले संचालन गर्दै आएको विकास शिल्डअन्तर्गत यसपटक राष्ट्रियस्तरमै पहिलोपटक बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

बहिराहरुले पनि फुटबल खेल्न सकिन्छ भन्ने सन्देश दिन आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रामचरित्र मेहताको प्रमुख आतिथ्यतामा भएको थियो ।

सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन् । बिहान ९ बजे हुने पहिलो सेमिफाइनलमा बागमती (ख)ले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि १०ः३० बजे बागमती (क)ले कोशीसँग खेल्नेछ । फाइनल खेल दिउँसो ३ बजे हुने तालिका छ । यसबीच तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।

समाजमा बहिरा व्यक्तिहरुलाई हेरिने दृष्टिकोणलाई परिवर्तन गर्न पनि यो प्रतियोगिता आयोजना गरिएको हो । बहिरा व्यक्तिहरुबीच मित्रताको भावना कायम गर्न पनि यो प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं