फाल्गुन २५, २०८२ सोमबार | ११:३१:४९
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

काठमाडौं । तेस्रो केभिआर समीट च्यालेन्जको पाँचौं तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको रेसमा पुरुषतर्फको विजेता लोकेन्द्रले एक घन्टा ४१ मिनेट ४ सकेन्ड समय लगाए । चौथो चरणमा उनी दोस्रो स्थानमा थिए । पछिल्लो संस्करणको विजेता मिलान कुलुङ राई भने एक घन्टा ४३ मिनेट र २७ सकेन्ड समय लगातार दोस्रो भए । दिपक अमात्य एक घण्टा ५८ मिनेट २३ सेकेन्डसहित तेस्रो भए ।

महिलातर्फ चौथो चरणको विजेता सोनिया मार्टिनलाई पछाडि पारेर एनीले उपाधि जितिन् । एनीले २० किमीको दूरी २ घन्टा १७ मिनेट ५७ सकेन्डमा पुरा गरिन् । सोनिया (२ः२३ः२८ सकेन्ड)ले दोस्रो स्थानमा चित्त बुझाइन् । नेपालकी छिरिङ ओङमु शेर्पा (२ः३२ः३० सकेन्ड)ले तेस्रो भइन् ।

१० किलोमिटर दौडमा पुरुषतर्फ छिरिङ टासी ह्योल्मो (१ः१२ः१६ सकेन्ड) पहिलो, प्रेमबहादुर सुनुवार (१ः१४ः४४ सकेन्ड) दोस्रो र तिलविक्रम साम्बाहाङगे (१ः१६ः०९ सकेन्ड) तेस्रो स्थानमा रहे । सो दूरीमा महिलातर्फ अनाबेल ग्रोन्तुनले एक घन्टा २१ मिनेट ५० सकेन्ड समय लगाएर पहिलो स्थान हात पारिन्  । मार्गउस टेस्टन (१ः३५ः३२ सकेन्ड) दोस्रो र मुना लिम्बु (१ः३९ः१४ सकेन्ड) तेस्रो स्थानमा रहे ।

२० किमीको दौड सिङगल ट्रीबाट सुरु भएर फुलबारी गेट, जामाचोर आमडाँडा हुँदै सिङगल ट्री मै पुगेर सम्पन्न भएको थियो । १० किमी दौड सिङगल ट्री, बतासे डाँडा इचंङगु भएर सिङगल ट्रीमै सकिएको थियो ।

‘स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं’ नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कूल ९४ जना धावक–धाविकाले सहभागिता जनाएका थिए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठ तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले पुरस्कार प्रदान गरे ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||