फाल्गुन १, २०८२ शुक्रबार | १०:३२:२१
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने

अन्तर्राष्ट्रिय आइस स्केटिङमा सहभागिता जनाउन जान लागेको टोलीका खेलाडी तथा अधिकारीहरु विदाई समारोहमा अतिथिका साथ । तस्बिर सौजन्यः एनओसी

काठमाडौं । नेपालका ६ खेलाडीले भारतको देहरादुनमा अर्को हप्ता हुने सर्ट ट्रयाक स्पिड आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ (एएसयु) र  अन्तराष्ट्रिय स्केटिंङ महासंघ (आइएसयु) को सहकार्यमा हुने प्रतियोगितामा नेपालबाट २ महिला तथा ४ पुरुष खेलाडीको सहभागिता हुने नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले जनाएको छ । शनिबार सुरु हुने प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

संघका अधक्ष्य अच्युत खनालका अनुसार प्रतियोगिता देहरादुनको माहाराना प्रताप स्पोर्टस कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टरमा हुनेछ । नेपालका तर्फबाट आइस स्केटिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो पहिलो अवसर भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

प्रतियोगितामा नेपाल बाट सिनियर पुरुषको १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वेले चुनौति प्रस्तुत गर्नेछन् । यसैगरी जुनियर महिलाको ५०० मिटरमा परी गुरागाईँ र अल्का घिमिरे तथा पुरुष जुनियरको २५० मिटरमा जेभियरजंग थापा र सायोन अर्यालले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा टिम व्यवस्थापकका रुमपा सन्जु श्रेष्ठ तथा अफिसियलको हैसियतमा संघका महासचिब सत्य थापाले नेपाली टिमको नेतृत्व गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विदाई गरे । सो क्रममा एनओसी अध्यक्ष श्रेष्ठले नेपाली खेलाडीहरु पदक जितेर फर्किने विश्वास व्यक्त गरे । 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026