माघ १८, २०८२ आइतबार | १६:५३:०१
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु

काठमाडौं । नेपाल र्यााफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरससीए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशुली नदीमा ‘९औँ राष्ट्रिय ¥याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल र्यााफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले गरे ।

उद्घाटनमा अध्यक्ष श्रेष्ठले टेक्निकल हेड निम बहादुर मगरलाई पेडल हस्तान्तरण गर्दै च्याम्पियनसिपको सुरुआत गरेका थिए ।

फेब्रुअरी १ देखि ३ सम्म चल्ने च्याम्पियनसिपमा देशभरका विभिन्न नदी क्षेत्र र क्लबहरूबाट कुल ५१ जना खेलाडीहरू सहभागी छन् । त्रिशुलीको छालमा खेलाडीले र्यााफ्टिङ र क्यानोइङका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

च्याम्पियनसिपलाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनोटको रूपमा समेत लिइएको छ । च्याम्पियनसिपको क्यानोइङ स्लोलामतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एसियाली खेलकुदमा र्यााफ्टिङ र क्यानोइङलाई समेत समावेश गरिएको सन्दर्भमा यस प्रतियोगिताले नेपालको तर्फबाट योग्य र सक्षम खेलाडी छनोट गर्ने महत्वपूर्ण आधार तय गर्ने विश्वास लिइएको छ ।  प्रतियोगिता आगामी मंगलबारसम्म चल्नेछ र क्यानोइङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २५, १५ र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने राफ्टिङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६५, ३५ र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।