फाल्गुन २५, २०८२ सोमबार | १२:१४:०७
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि

तस्बिर सौजन्यः नेपाल स्की संघ

काठमाडौं । युथ ओलम्पियन रसुवाका छेवाङ मिंगुर तामाङले शनिबार सम्पन्न पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि कव्जा गरेका छन् ।

मुस्ताङको बारागाउँ मुक्तिनाथ क्षेत्रमा यही माघ २० गते सुरु भएर शनिबार सकिएको पाँच दिने प्रतियोगिताको पुरुष सिनियरमा छेवाङले उपाधि जित्दा झापाका समिप लामिछाने दोस्रो तथा दोलखाका पुण्डरिक पाण्डेले तेस्रो स्थान हासिल गरेको नेपाल स्की संघले जानकारी गराएको छ ।

तस्बिर सौजन्यः नेपाल स्की संघ

छेवाङले गतवर्ष सन् २०२५ मा दक्षिण कोरीयामा सम्पन्न चौथो विन्टर युथ ओलम्पिकमा सहभागिता जनाएका थिए । यसैगरी सोही विधामा दोस्रो भएका समिपले २०२५ मै चीनमा भएको एसियाली स्की प्रतियोगिताको अनुभव लिएका थिए ।

पुरुष जुनियर विधामा दोलखाका सामदेन खेल्नु शेर्पाले उपाधि जित्दा भक्तपुरका अर्थसिंह बोहरा दोस्रो तथा मुस्ताङका केसाङ गुरुङले तेस्रो स्थान हासिल गरे ।

यसैगरी महिला सिनियरमा नुवाकोटकी संगीता लामा प्रथम तथा आयुशी महर्जन दोस्रो भइन । महिला जुनियरमा काठमाडौंकी नयना शाक्यले उपाधि जित्दा महोत्तरीकी मेनकाकुमारी आले दोस्रो तथा काठमाडौंकी आसिया तामाङ तेस्रो भए ।

नेपाल स्की संघको आयोजनामा पाँच दिनसम्म चलेको प्रशिक्षण तथा राष्ट्रिय प्रतियोगितामा ४० खेलाडीको सहभागिता रहे पनि प्रतियोगिताका लागि भने १४ पुरुष र १० महिला खेलाडी मात्र योग्य भएका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ र संघका उपाध्यक्षहरू शम्भु लामा, अन्जु भट्टराई, कोषाध्यक्ष जीतेन्द्र श्रेष्ठ, बारागाउँका मुखिया ग्याल्जेन गुरूङ लगायतले पुरस्कृत गरेका थिए ।

समापन समारोहमा बोल्दै एनओसी तथा संघका अध्यक्ष श्रेष्ठले नेपालका हिमाली जिल्ला मध्ये स्कीका लागि मुस्ताङको मुक्तिनाथ क्षेत्र सबैभन्दा उपयुक्त ठाउँ भएको हुँदा शितकालिन खेल खेल्ने विश्वभरका खेलाडीको गन्तब्य बनाउन सकिने बताए ।

उनले यो क्षेत्र धार्मिक दृष्टिले पनि निकै प्रख्यात पवित्र भुमि रहेकाले स्कीमार्फत नेपालमा खेल पर्यटनको विकास गर्न सकिने विचार राखे ।  प्रचुर संभावना भएको हुँदा व्यवस्थित पूर्वाधार विकासको लागि अध्यक्ष श्रेष्ठले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||