पुस २८, २०८२ मंगलबार | ०५:३८:२७
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन

काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन च्याम्पियन बनेका छन् ।

शनिबार ट्रेलमान्डु नेपालको आयोजनामा सम्पन्न २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता मिलनले दुई घन्टा २३ मिनेट २४ सकेन्ड समय लगाए । नेपालकै लोकेन्द्र राई दोस्रो र दिवाकर बुढामगर तेस्रो स्थानमा रहे । लोकेन्द्रले दुई घन्टा २६ मिनेट १६ सकेन्ड र दिवाकरले तीन घन्टा ११ मनेट ३५ सकेन्डमा दौड पुरा गरे ।

महिलातर्फ सोनियाले तीन घन्टा २८ मिनेट नौ सकेन्ड समय लगाइन् । सोनियाले गत महिना भएको तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन । एनी माइ बान तीन घन्टा ३२ मिनेट ५३ सकेन्ड समय लगाएर दोस्रो र बेलायतकी सेली रेबेका चार घन्टा चार मिनेट ३३ सकेन्ड समयसहित तेस्रो स्थानमा रहे ।

१० किलोमिटर दौडमा पुरुषतर्फ स्विट्जरल्यान्डका सिमन डाल्चर एक घन्टा १८ मिनेट ४८ सकेन्ड समय लगाएर पहिलो स्थानमा रहे । नेपालका प्रेम बहादुर सुनुवारले पाँच सकेन्डले पछाडि परेपछि दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो । मिङमा ग्याल्सेन शेपा (१ः३१.४३ सकेन्ड) तेस्रो स्थामा रहे । १० किलोमिटर महिलातर्फ जापानकी मायुको आकुतागावा (१ः२८.३८) पहिलो, बेलायतकी इलियाना मारिया ड्रापर (१ः५७.१५) दोस्रो र अमेरिकाकी इरिका मिक्स (२ः०३.०८) तेस्रो भए ।

२५ किमीको दौड मच्छेगाउँ मातातीर्थबाट सुरु भएर चन्दािगरी केबलकार आधार स्टेसन, चन्द्रागिरी मन्दिर, धापभञ्ज्याङ, बुद्ध स्तूप, मच्छेनारायाण मन्दिर हुँदै पुन मच्छेगाउँमा पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपालका ६६ र २४ विदेशीसहित ९० जना धावक-धाविकाले सहभागिता जनाएका थिए । नेपाल ओलम्पिक कमिटी(एनओसी)का प्रतिनिधि निरज श्रेष्ठ तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||