काठमाडौं । जय ट्रफी मेन्स एलिट कपको दोस्रो राउण्डको खेल मंगलबार सकिएको छ ।
प्रतियोगितामा गएको संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको शीर्ष ४ टोलीको सहभागीता रहेको छ । सहभागी ४ टोलीले सिङ्गल राउण्ड रोबिनका आधारमा लिग चरणका खेल खेल्नेछ । लिग चरणको समाप्ती पछी शीर्ष २ मा रहने टोलीका बीचमा उपाधीका लागि खेल हुनेछ ।
दोस्रो राउण्डको खेल सकिदा विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ । दोस्रो स्थानमा नेपाल एपिएफ क्लब तथा तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेका छन् । बागमती प्रदेश भने पुछारमा रहेको छ ।
नेपाली घरेलु क्रिकेटमा दुई दिवसीय रुपमा खेलिने यो पहिलो प्रतियोगिता हो । लिग चरण दुई तथा फाइनल खेल भने तीन दिवसीय रुपमा खेलिनेछ । यस प्रतियोगिता गत वर्षबाट सुरु भएको हो ।
आज(बुधबार) प्रतियोगितामा कुनै खेल रहेको छैन । बिहीबार लिग चरण अन्तिम २ खेल हुनेछ । लिग चरण समाप्तीको नजिक आइपुग्दा सहभागी ४ वटै टोलीलाई फाइनल पुग्ने टोलीको रुपमा हेरिएको छ । लिग चरणको अन्तिम खेलमा बागमतीले कीर्तिपुरमा नेपाल पुलिसको सामना गर्दा मुलपानीमा आर्मी र एपिएफ खेल्दैछन् ।
एलिट कपको २ राउण्डका खेल सकिदा २ शतक बनिसकेको छ । पहिलो संस्करणमा मधेश प्रदेशका मयन यादवको नाममा मात्र शतक रहेको थियो । अन्तिम राउण्ड बाँकी रहँदा सम्म प्रतियोगितामा १६ अर्धशतक प्रहार भइसकेका छन् ।
पुलिसका ललित राजवंशी १२ विकेटका साथ सर्वाधिक विकेटकर्ताको सुचीमा शीर्ष स्थानमा रहेका छन् ।
