काठमाडौं । आगामी जुन जुलाईमा इङ्ल्याण्डमा हुने ट्वान्टी २० महिला विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद(आइसिसि) द्वारा मंगलबार विश्वकपको खेल तालिका घोषणा गरेको हो ।
तालिका अनुसार विश्वकपमा १२ राष्ट्रको सहभागीता छ । सहभागी १२ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह एकमा अस्ट्रेलिया, भारत, पाकिस्तान, बंगलादेश र नेदरल्याण्ड्स छन् । समूह दुईमा इङ्ल्याण्ड, न्युजिल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज छन् ।
विश्वकप जुन १२ बाट जुलाई ५ सम्म आयोजना हुदैछ । विश्वकपको पहिलो खेलमा घरेलु टोली इङ्ल्याण्डले श्रीलंकाको सामना गर्नेछ । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन् । जुलाई ५ मा फाइनल खेल लड्स क्रिकेट स्टेडियममा हुनेछ । विश्वकपमा समूह चरणमा ३० तथा सेमिफाइनलका २ तथा फाइनल खेल गरि जम्मा ३३ खेल हुनेछ ।
खेलतालिका

