फाल्गुन १२, २०८२ मंगलबार | ००:४२:५८
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो

फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने

काठमाडौं । महिला डिजिटल सशक्तिकरणको लागि फागुन ३० गते स्टार क्रिकेट आयोजना हुने भएको छ  ।

आयोजक आइडिया पिक्सेलको सहायक कम्पनी आइडिया स्पोट्र्सले सोमबार होटल अलफ्टमा पत्रकार सम्मेलन गर्दै स्टार क्रिकेट सिजन- २ को मिति तय गरेको हो ।

एक दिने क्रिकेट प्रतियोगिता काठमाडौंको मुलपानी मैदानमा आयोजना हुनेछ । जुन खेलमा सर्वसाधारणलाई निशुल्क प्रवेश गराइनेछ ।

स्टार क्रिकेट सिजन- २ कर्पोरेट सामाजिक उत्तरदायित्व ९सिएसआर० अन्तर्गत रहेको आयोजकले जनाएको छ । आयोजक समितिका संस्थापक पवन राज जोशीले पहिलो संस्करण भव्य सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएको बताए । ‘पहिलो संस्करण भव्यरुपमा सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएका  हौं,’ उनले भने, ‘दोस्रो संस्करणले क्रिकेटको माध्यमबाट चलचित्र क्षेत्रका कलाकार, खेलाडी, मिडिया व्यक्तित्व, कर्पोरेट प्रोफेशनलहरू तथा डिजिटल क्रिएटरहरू सबै एकै मैदानमा उत्रिएर  क्रिकेट खेललाई अगाडी बढाउन प्रोत्साहन हुने तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने  विश्वास गरेका छौं । हामी क्रिकेटलाई मनोरञ्जन, व्यवसाय र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गर्दछौं।’

पत्रकार सम्मेलनमा आइडिया स्पोट्र्सका संयोजक जोशी र शृष्टि फाउन्डेसनकी अध्यक्ष शृष्टि मदन कार्कीबीच सम्झौता भयो । कार्यक्रममा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ पनि सहभागी थिए ।  

प्रतियोगिताको लागि आयोजकले श्रृष्टि फाउन्डेसनसँग पनि सहकार्य गरेको छ ।  प्रतियोगिताबाट ग्रामीण नेपालका महिलाहरु सूचना प्रविधिमा शिक्षित, सशक्तिकरण र प्रोत्साहित हुने आशा गरिएको छ ।

टी–१० फम्र्याटमा  आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरिनेछ । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने आयोजक आइडिया स्पोट्र्सले जनाएको छ ।

हरेक टिममा नेपाली सेलिब्रेटी, सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्तित्व, मिडियाकर्मी र राष्ट्रिय खेलाडी तथा क्रिकेटर समावेश हुने छन्  ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||