फाल्गुन १०, २०८२ आइतबार | २२:५८:१४
एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा

इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित

काठमाडौं । ट्वान्टी-२० विश्वकपमा श्रीलंका इङ्ल्याण्डसँग फेरी पनि पराजित भएको छ । यसअघि विश्वकपका खेलमा ११ पटक नजिता आफ्नो पक्षमा पारेको इङ्ल्याण्डले यसपटकको भेटमा पनि सोही नतिजालाई निरन्तरता दिएको हो । श्रीलंकालाई कोलम्बोमा आइतबार सम्पन्न सुपर एट अन्तरर्गतको दिनको पहिलो खेलमा इङ्ल्याण्डले ५१ रनले पराजित गरेको हो ।

श्रीलंकालाई मात्र ९५ रनमा अल आउट गर्दै इङ्ल्याण्डले जित हासिल गरेको हो । इङ्ल्याण्डलाई महत्वपुर्ण जित दिलाउनले क्रममा प्लेयर अफ द म्याच भएका विल ज्याक्सले १४ बलमा २१ रन बनाउँनुको साथै ३ विकेट पनि लिए । विलले ब्याटिङमा १४ बलको सामना गर्दै २१ रन बनाउँदा बलिङमा श्रीलंकाका माथिल्ला क्रमका ब्याटरहरुलाई क्रिजमा धेरै समय टिक्न दिएनन् ।

श्रीलंकाका लागि कप्तान दासुन शनकालेलेसर्वाधिक ३० रन बनाउँनु बाहेक अन्य ब्याटरले उल्लेख गर्न लायक रन जोड्न सकेनन् । इङ्ल्याण्डका ज्याक्सले ३ तथा जोफ्रा आर्चर, लियम डसन र आदिल राशिदले समान २ विकेट लिए ।

कोलम्बोमा टस जितेर श्रीलंकाले बलिङ रोजेपछि पहिला ब्याटिङ  गरेको इङ्ल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनको योगफल तयार गरेको थियो । इङ्ल्याण्डका लागि ओपनर फिल साल्टले ४० बलमा ६ छक्का र २ चौकाको सहयोगमा सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेले । ज्याक्स २१, कप्तान ह्यारी ब्रुक १४ तथा साम करन ११ रनमा आउट भए ।

श्रीलंकाका लागि दुनिथ विल्लालागेले २, दिल्शान मधुशंका र महेश थिक्सेनाले समान २ तथा दुश्मन्था चमिराले १ विकेट लिए । सुपर एटको पहिलो खेलमा जित निकालेको इङ्ल्याण्ड २ अंक सहित समूह एकको शीर्ष स्थानमा रहेको छ । पराजित श्रीलंका अंकबिहिन रहेको छ । यस समूहमा श्रीलंका र इङ्ल्याण्डका अलावा पाकिस्तान र न्युजिल्याण्ड रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

आजै समूह एकमा रहेका भारत र दक्षिण अफ्रिका दोस्रो खेलमा भिडिरहेका छन् । समूह एकमा भने भारत र दक्षिण अफ्रिका सहित जिम्बाब्वे र वेस्ट इण्डिज छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||