फाल्गुन ७, २०८२ बिहीबार | २३:३३:५४
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

दीपेन्द्रले जय ट्रफी नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले शुक्रबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कप नखेल्ने भएका छन् । बिहीबार नेपाल क्रिकेट संघ९क्यान० ट्रफीमा सहभागी रहने चारै टोलीको खेलाडी नामावली सावर्जनिक गर्दा दीपेन्द्र भने कुनै टिममा रहेका छैनन् ।

प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका शीर्ष चार९नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र बागमती प्रदेश० टिमले सहभागीता जनाउँदै छन् । दीपेन्द्र अघिल्ला घरेलु प्रतियोगितामा नेपाल प्रहरी क्लबको कप्तान रहे पनि उनले केही समय अघि नेपाल प्रहरीमा आफ्नो सेवा समय पूरा भएको जनाएका कारण टोलीमा रहेका छैनन् ।

प्रतियोगितामा सहभागी अन्य टोलीमा समेत दीपेन्द्रको नाम रहेको छैन । दोस्रो संस्करणको एलिट कप शुक्रबारबाट काठमाडौमा सुरु हुदैछ । पहिलो संस्करणमा पुलिस च्याम्पियन भएको थियो । फाइनलमा पुलिसले आर्मीको टोलीलाई फाइनलमा २८ रनले पराजित गरेको थियो ।

पहिलो संस्करणको एलिट कप गत वर्ष पाँच देखि सोह्र जनवरी सम्म विरगन्ज र जनकपुरमा आयोजना भएको थियो । पहिलो संस्करणमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेशको सहभागीता रहेको थियो । प्रतियोगिताको लिग चरणमा सवै टोलीले एक आपसमा दुईदिवसीय खेल खेल्नेछ । लिग चरणको समाप्ती पछि शीर्ष दुई टोलीले खेल्ने फाइनल खेल भने तीन दिवसीय हुनेछ ।

प्रतियोगिताको खेल तालिका

फागुन ८-९ नेपाल पुलिस क्लबविरुद्ध नेपाल आर्मी क्लब कीर्तिपुर 
फागुन ८-९ नेपाल एपिएफ क्लबविरुद्ध बागमती प्रदेश मुलपानी
फागुन ११-१२ नेपाल एपिएफ क्लबविरुद्ध नेपाल पुलिस क्लब कीर्तिपुर 
फागुन ११-१२ बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लब मुलपानी 
फागुन १४-१५ बागमती प्रदेशविरुद्ध नेपाल पुलिस क्लब कीर्तिपुर 
फागुन १४-१५ त्रिभुवन आमीविरुद्ध नेपाल एपिएफ क्लब मुलपानी 
फागुन १७-१९ पहिलो र दोस्रो टोलीबीच फाइनल खेल कीर्तिपुर
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||