फाल्गुन २५, २०८२ सोमबार | १२:१०:०३
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी-२० विश्वकपको अघिल्लो चरण (सुपर ८) प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ पाकिस्तानले नामिबियाको चुनौती सामना गर्दैछ । पाकिस्तान र नामिबिया बुधबारको दोस्रो खेलमा ३ः१५ बजे श्रीलंकाको कोलोम्बोमा खेल्दैछन् ।

पाकिस्तानलाई सुपर ८ मा प्रवेशका लागि यो खेलको नतिजा आफ्नो पक्षमा पार्नु पर्ने हुन्छ । यदी पाकिस्तान पराजित भएअमेरिकाले सुपर ८ प्रवेशको मौका पाउने छ । यस समूह ए बाट भारतले एक खेल अगावै सुपर ८ मा स्थान पक्का गरिसकेको छ ।

यस खेलको नतिजासँगै विश्वकपको सुपर ८ मा पुग्ने सबै राष्ट्रको टुंगो लाग्नेछ । विश्वकपमा सहभागी २० राष्ट्रलाई ४ समूहमा विभाजन गरिएकोमा हरेक समूहका शिर्ष २ राष्ट्रले सुपर ८ मा स्थान बनाउँने नियम छ । जसअनुसार समूह ‘ए’ बाट भारतले स्थान पक्का गरिसकेको  छ भने पाकिस्तान र नामिबीयाबीचको खेल पश्चात दोस्रो टोलीको टुंगो लाग्नेछ । समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वे, समूह ‘सी’ बाट वेस्ट इण्डिज र इङ्ग्ल्याण्ड र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्याण्डले सुपर ८ मा स्थान बनाइ सकेका छन् ।

बुधबार पहिलो खेलमा दक्षिण अफ्रिकाले युएईलाई ६ विकेटको नतिजामा हराइसकेको छ भने बेलुका ७ः१५ मा हुने दिनको तेस्रो खेलमा  भारत र नेदरल्याण्ड्स खेल्दैछन् । भारत यसअघिका तीन खेलमा अपराजित रहँदै सुपर ८ मा पुगिसकेकोमा यस खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । नेदरल्याण्ड्स पनि जितका साथ प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा रहेको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||