फाल्गुन २५, २०८२ सोमबार | १२:१३:०७
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

काठमाडौं । जिम्बाब्वे र आयरल्यान्डबीच श्रीलंकाको पाल्लेकेलेमा मंगलबार हुने तय भएको खेल वर्षाका कारण वासआउट भएपछि पूर्व च्याम्पियन अस्ट्रेलिया भारत र श्रीलंकामा जारी ट्वान्टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।

जिम्बाब्वे र आयरल्यान्डको खेल वासआउट भएपछि अस्ट्रेलिया रहेको समूह ‘बी’ बाट आयोजक श्रीलंका र जिम्बाब्वे सुपर ८ मा प्रवेश गरेका छन् ।

अस्ट्रेलिया सुपर ८ मा पुग्नका लागि मंगलबार जिम्बाब्वेलाई आयरल्यान्डले फराकिलो अन्तरमा हराउनुपर्ने थियो । त्यसका साथै आफूले पनि समूहको अन्तिम खेलमा ओमानमाथि त्यस्तै प्रभावशाली जित निकाल्नुपर्ने थियो ।

मंगलबारको खेलमा आयरल्यान्ड र जिब्बाब्वेले अंक बाढिसकेपछिको अवस्थामा सबै तीन खेल जितेको श्रीलंका ६ अंकका साथ शीर्ष स्थनमा छ । जिम्बाब्वेले भने तीन खेलमा पाँच अंक बटुलेको छ । समान तीन खेल खेलिसकेको अस्ट्रेलियाको खातामा भने दुई अंकमात्र छ । जसका कारण अन्तिम खेलको नतिजा जस्तो भए पनि टोलीले जिम्बाब्वेलाई भेट्टाउने सम्भावना रहन्न । समूहमा ओमानले अहिलेसम्म एउटै जित हासिल गर्न सकेको छैन ।

२०२१ को च्याम्पियन टोलीले जारी विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनको अन्तरमा हराए पनि टोली जिम्बाब्वेसँग २३ रनले स्तब्ध भएको थियो । त्यसपछि आयोजक श्रीलंकासँग पनि अस्ट्रेलियाले ८ विकेटको पराजित नतिजा स्वीकारेको थियो ।

समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वे अगाडि बढ्दा भारतले समूह ‘ए’ बाट सुपर ८ मा स्थान बनाइसकेको छ भने समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ल्यान्ड अघिल्लो चरणलाई छानिएका छन् । यसैगरी समूह ‘डी’ बाट अहिलेसम्म दक्षिण अफ्रिकाले दोस्रो चरणको यात्रा पक्का गरेको छ । अब समूह ‘ए’ र समूह ‘डी’ बाटसुपर ८ पुग्ने एकएक टोलीको टुंगो लाग्न बाँकी छ । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||