फाल्गुन २५, २०८२ सोमबार | ११:२०:५३
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

१२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल

काठमाडौं । ट्वान्टी २० विश्वकपमा १२ वर्ष पछि पहिलो जित हात पार्ने लक्ष्यका साथ स्कटल्याण्डविरुद्ध नेपाल मैदानमा उत्रदै छ । भारत र श्रीलंकामा भइरहेको विश्वकपको आ–आफ्नो अन्तिम खेलमा दुवै देश आमनेसामने हुदैछन् ।

दुवै राष्ट्र विश्वकप समूह चरणबाट बाहिरिसकेका छन् । यस खेललाई प्रतिष्ठाको लडाईको रुपमा मान्न सकिन्छ । नेपाल र स्कटल्याण्डबीचको खेल मुम्बईस्थित वानखडे क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ः१५ मा हुदैछ ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको पहिलो संस्करणको विश्वकप सहभागीतामा दुई खेल जित्नु बाहेक हालसम्म विश्वकपमा जित निकाल्न सकेको छैन । नेपालले सन् २०१४ को विश्वकपमा हङकङ तथा अफगानिस्तानलाई पराजित गरेको थियो ।

सन् २०१४ मार्च २० मा भएको उक्त खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो । विश्वकपमा दोस्रो पटक सहभागीताका लागि दश वर्ष कुर्न परेको नेपालले सन् २०२४ को विश्वकपमा कुनै जित निकाल्न सकेको थिएन ।

चलिरहेको विश्वकपमा इङ्ल्याण्डसँग जित नजिक पुगेको नेपाल स्कटल्याण्डलाई विश्वकपको पहिलो भेटमा नै पराजित गर्ने लक्ष्यमा रहेको छ । इटलीमाथि जित हात पारेको स्कटल्याण्ड पनि जितका साथ प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा रहेको छ ।

मंगलबार विश्वकपमा अन्य दुई खेल पनि हुनेछन् । मंगलबारको पहिलो खेलमा समूह डी का क्यानडा र न्युजिल्याण्ड खेल्दैछन् । क्यानडा र न्युजिल्याण्डबीचको खेल बिहान ११ः१५ मा चेन्नईमा हुदैछ । न्युजिल्याण्ड क्यानडालाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा रहँदा क्यानडा पनि जितका साथ सुपर आठको सम्भावना कायमै राख्न चाहन्छ । यस समूहबाट दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ ।

मंगलबारकै दोस्रो खेलमा आयरल्याण्ड र जिम्बाब्वेबीच खेल हुदैछ । आयरल्याण्ड र जिम्बाब्वेबीचको खेल श्रीलंकाको पाल्लीखेलेमा दिउँसो ३ः१५ मा सुरु हुदैछ । जिम्बाब्वे यस खेलमा जितका साथ सुपर आठमा प्रवेश गर्न चाहन्छ भने आयरल्याण्ड जित निकाल्दै सुपर आठको सम्भावना कायमै गर्न चाहन्छ । यस समूह बी बाट श्रीलंका सुपर आठमा पुगिसकेको छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||