फाल्गुन २५, २०८२ सोमबार | ११:२९:१९
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा नेपालले स्कटल्याण्डबाट रनको लक्ष्य पाएको छ । मुम्बईको वानखडेमा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको हो ।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर जर्ज मुन्से २७ तथा ब्रेण्डन म्याकमुलन २५ रनमा आउट भए । सुरुवात राम्रो गरेको स्कटल्याण्डले अन्त्य भने राम्रो गर्न सकेन । सुरुवाती ९२ बलमा १ सय ३२ रनमा १ विकेट मात्र गुमाएको स्कटल्याण्डले पछिल्लो २८ बलमा ३८ रन बनाउँदा ६ विकेट गुमायो ।

नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २, कुशल भुर्तेल र कप्तान रोहित पौडेलले समान १ विकेट लिए । नेपाल र स्कटल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिसकेका छन् । यस खेललाई प्रतिष्ठाको लडाईको रुपमा मान्न सकिन्छ ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको पहिलो संस्करणको विश्वकप सहभागीतामा दुई खेल जित्नु बाहेक हालसम्म विश्वकपमा जित निकाल्न सकेको छैन । नेपालले सन् २०१४ को विश्वकपमा हङकङ तथा अफगानिस्तानलाई पराजित गरेको थियो ।

सन् २०१४ मार्च २० मा भएको उक्त खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो । विश्वकपमा दोस्रो पटक सहभागीताका लागि दश वर्ष कुर्न परेको नेपालले सन् २०२४ को विश्वकपमा कुनै जित निकाल्न सकेको थिएन ।

चलिरहेको विश्वकपमा इङ्ल्याण्डसँग जित नजिक पुगेको नेपाल स्कटल्याण्डलाई विश्वकपको पहिलो भेटमा नै पराजित गर्ने लक्ष्यमा रहेको छ । इटलीमाथि जित हात पारेको स्कटल्याण्ड पनि जितका साथ प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा रहेको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||