फाल्गुन २५, २०८२ सोमबार | १२:११:४१
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित

काठमाडौं । उपकप्तान दीपेन्द्र सिंह ऐरीको ऐतिहासिक अर्धशतकमा भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि ७ विकेटको जित हासिल गरेको हो । स्कटल्याण्डले दिएको १ सय ७१ रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालकाृ जितमा दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले । तेस्रो पटक विश्वकप खेल्दै गरेको नेपालको लागि दीपेन्द्रको यो दोस्रो अर्धशतक हो ।

वेस्ट इण्डिजविरुद्धको अघिल्लो खेलमा दीपेन्द्रले पहिलो अर्धशतक पूरा गरेका थिए । गुलसन झाले १७ बलमा नट आउट २४ रन बनाए । चौथो विकेटका लागि दीपेन्द्र र गुलसनले ७३ रनको विजयी साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४३ रन जोडे । अर्का ओपनर आसिफ शेखले २७ बलमा २ छक्काको सहयोगमा ३३ रन बनाउँदै आउट भए । दुईबीच पहिलो विकेटका लागि ७४ रनको साझेदारी भएको थियो ।

त्यसअघि टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको हो ।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर जर्ज मुन्से २७ तथा ब्रेण्डन म्याकमुलन २५ रनमा आउट भए । सुरुवात राम्रो गरेको स्कटल्याण्डले अन्त्य भने राम्रो गर्न सकेन । सुरुवाती ९२ बलमा १ सय ३२ रनमा १ विकेट मात्र गुमाएको स्कटल्याण्डले पछिल्लो २८ बलमा ३८ रन बनाउँदा ६ विकेट गुमायो ।

नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २, कुशल भुर्तेल र कप्तान रोहित पौडेलले समान १ विकेट लिए । नेपाल र स्कटल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिसकेका थिए । यस खेललाई प्रतिष्ठाको लडाईको रुपमा हेरिएको थियो ।

नेपालले १२ वर्षको अन्तरालमा विश्वकपमा पहिलो जित हासिल गरेको हो । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको पहिलो संस्करणको विश्वकप सहभागीतामा दुई खेल जित्नु बाहेक हालसम्म विश्वकपमा जित निकाल्न सकेको थिएन । नेपालले सन् २०१४ को विश्वकपमा हङकङ तथा अफगानिस्तानलाई पराजित गरेको थियो ।

सन् २०१४ मार्च २० मा भएको उक्त खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो । विश्वकपमा दोस्रो पटक सहभागीताका लागि दश वर्ष कुर्न परेको नेपालले सन् २०२४ को विश्वकपमा कुनै जित निकाल्न सकेको थिएन ।

चलिरहेको विश्वकपमा इङ्ल्याण्डसँग जित नजिक पुगेको नेपाल स्कटल्याण्डलाई विश्वकपको पहिलो भेटमा नै पराजित गरेको छ । इटलीमाथि जित हात पारेको स्कटल्याण्ड पनि हारका साथ प्रतियोगिता समाप्त गरेको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||