फाल्गुन २५, २०८२ सोमबार | ११:५२:२६
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा

काठमाडौं । निर्वाचन आयोगले यसै महिनाका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘अर्ली इलेक्सन’का प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ ।

आयोका कानून अधिकृत मोहनराज जोशीले बुधबार एन्फालाई पत्र लेख्दै तत्काल सबैखाले निर्वाचन प्रक्रिया रोकेर त्यसको जानकारी आयोगमा गराउन निर्देशन दिएका छन् । अन्यथा निर्वाचन आचारसंहिता बमोजिम कारबाही गर्ने चेतावनी पनि जोशीले दिएका छन् ।  

निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्वमा संघसंस्थाको निर्वाचन नगर्न आयोगले यसअघि माघ ८ गते सूचना जारी गर्नुका साथै एन्फालाई पनि पत्राचार गरेको थियो । अदालतमा परेको मुद्धाका कारण माघ ६ गते नै अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सबै प्रक्रिया स्थगित गरिसकेको एन्फाले त्यही बेहोराको पत्र आयोगमा माघ १३ गते पठाएको जोशीको पत्रमा उल्लेख छ ।

जोशीको पत्रमा उल्लेख गरिएअनुसार एन्फाले ‘अदालती प्रक्रिया सकिएपछि नियमित साधारणसभा विसुद्ध गैरराजनीतिक तवरबाट निर्वाचन आयोगको आचारसंहिता उल्लंघन नहुने गरि गर्न कार्यतालिका निर्धारण गर्ने र त्यसको जानकारी आयोगमा गराउने’ भन्दै पत्राचार गरेको थियो ।

आगामी २०८३ असार ४ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिनाअघि नै गएको माघ २८ मा आगामी चार वर्षे कार्यकालका लागि चुनाव गर्ने तयारी गरेको थियो । त्यसको विरुद्ध सरोकारवालाहरुबाट परेका फरक मुद्धामा पाटन उच्च अदालतले पुष २८ र माघ ४ गते स्टे अर्डर जारी गरेपछि एन्फाले उम्मेदवारी दर्तासम्मको प्रक्रिया सम्पन्न गरेर माघ ६ गते निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको थियो ।

अदालतले माघ २७ गते चुनाव स्थगनका लागि जारी गरेको स्टे अर्डर खारेज गरेपछि एन्फाले आफ्नो चुनावको परिमार्जित कार्यतालिका बनाउँदै फागुन १ बाट प्रक्रिया पुनस्थापित गरेको थियो । नयाँ कार्यतालिकाअनुसार यही फागुन २७ गते झापामा एन्फाको निर्वाचन हुने भनिएको छ ।

निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन आचारसंहितालाई उल्लेख गर्दै काटेको नयाँ पत्रअनुसार एन्फाको चुनाव फेरि अन्योलमा परेको छ । आयोगले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईका साथै एन्फाको मुख्यालय रहेको ललितपुर र निर्वाचन हुने झापा जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई समेत पत्रको बोदार्थ पठाएको छ । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||