फाल्गुन ७, २०८२ बिहीबार | १६:३१:०१
वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित

वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा

काठमाडौं । वेस्ट इण्डिज अपराजित रहँदै भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको सुपर आठमा पुगेको छ । बिहीबार सम्पन्न  समूह सी को अन्तिम समूह चरणको खेलमा इटलीलाई ४२ रनले पराजित गर्याे ।

समूह चरणको चारै खेलमा वेस्ट इण्डिज अपराजित रह्यो । पहिलो खेलमा स्कटल्याण्डलाई हराउँदै यात्राको सुरुवात गरेको वेस्ट इण्डिजले त्यसपछि इङ्ल्याण्ड र नेपाललाई पराजित गरेको थियो ।

इटलीविरुद्ध सुरुवातमा ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि कप्तान शाई होपले ४६ बलमा ६ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । रोस्टन चेस र शेरफन रादरफोर्डले समान २४ रन बनायँदा म्याथ्यु फोर्ड १६ रनमा नट आउट रहे ।

इटलीका लागि क्रिसन कालुङ्मागे र बेन मेनिन्तीले समान २ तथा अलि हसन र थोमस ड्राकाले समान १ विकेट लिए । वेस्ट इण्डिजले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको इटलीले १८ ओभरमा १ सय २३ रन बनाउँदा सबै विकेट गुमायो । इटलीका लागि बेन मेनिन्तीले सर्वाधिक २६ रन बनाउँदा जेजे स्मिट २४ रनमा आउट भए ।

वेस्ट इण्डिजका लागि शेमार जोसेफले ४, म्याथ्यु फोर्डले ३, गुणकेश मोटीले २ तथा अकिल हुसेनले १ विकेट लिए ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||