फाल्गुन ११, २०८२ सोमबार | १८:१०:५८
एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ?

एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले एसिएलको शल्यक्रियाका लागि भावुक स्ट्याटस लेख्दै आर्थिक सहयोगको अपिल गरेकी छन् ।

घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख हाराहारी) चाहिने भएकाले गोलमसिन सावित्राले सोमबार सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगको अपिल गरेकी हुन् ।

राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा विगत सात हप्तादेखि चोटका कारण मैदानबाहिर छिन् । उनका अनुसार यसअघि शल्यक्रिया गरिएको घुँडाको एसिएलमा हालेको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसबीच नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आफू बेवास्तामा परेको उनले गुनासो गरेकी छिन् ।

‘एन्फाले मेरो चोट बुझेको भए अहिलेसम्म म शल्यक्रिया गरेर फिजियो सुरु गरिसकेको हुन्थेँ,’ नेपालका लागि ५९ अन्तर्राष्ट्रिय क्याप जितेकी सावित्राले लेखेकी छिन्, ‘तर अझै पनि उपचारका लागि भौतारिएको छु ।’

यसअघि उनको उपचारमा एन्फा नेतृत्वको पहलमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । तर, यसपटक एन्फबाट प्रशासनिक सहयोग उपलब्ध नभएको उनले उल्लेख गरेकी छन् ।

एक महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो । ब्रिसबन रोअरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । रिपोर्टमा घुँडको एसिएल ग्राफ्ट च्यातिएको देखिएको थियो । योसँगै उनी कम्तिामा पनि ९ महिना मैदान बाहिर रहने बताइएको छ ।

साढे चार वर्षअघि पनि घरेलु लिगका दौरान सशस्त्र प्रहरी बलको एपिएफबाट नेपाल पुलिस क्लबविरुद्ध खेल्दा सावित्रालाई घुँडामा गम्भिर चोट लागेको थियो । त्यतिबेला एन्फाले कतार फुटबल संघसँगको सहकार्यमा उनलाई कतारस्थित एस्पेटार अस्पतालमा थप उपचार बन्दोबस्त गरिएको थियो ।

यसअघि उनको उपचारमा एन्फा नेतृत्वको पहलमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । तर, यसपटक एन्फबाट प्रशासनिक सहयोग उपलब्ध नभएको उनले उल्लेख गरेकी छन् । उनका अनुसार एन्फा अध्यक्षले प्रशासनिक प्रक्रिया अगाडि बढाउन नसकिने जानकारी दिँदै पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने बताएको तर उपचार प्रक्रिया आफैँ व्यवस्थापन गर्न भनेको उल्लेख छ ।

सावित्रा भण्डारीले लेखेको स्ट्याटस जस्ताको तस्तै: 

नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको ‘साम्बा’

यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।

मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनस् जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।  पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो ।  त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।

तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन ।  चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो ।  तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।

यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ ।  तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुनस् सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ ।  तर उक्त रकम मेरो शल्यक्रिया र ७(८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।

म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।

मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनस् माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।

मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ ।  यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।

आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ ।  त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होलारु मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुनस् एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।

मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको त्तच् वा बैंक मार्फत सहयोग गर्नुहोला । 
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला!

यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु ।

थाकेको हो, हारेको छैन !
पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।
जय नेपाल !


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||