फाल्गुन ११, २०८२ सोमबार | १५:११:२१
जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित

एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं । विभागीय टोली एपिएफ एफसीले एन्फा महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार उदयपुरको थरुहट रंगशालामा सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी फुटबल क्लबको चुनौती २–१ ले पन्छायो ।

रक्षक गीता रानाको हेडर गोलमार्फत खेलको ५५औं मिनेटमा एपिएफले अग्रता लिएको थियो । ६८औं मिनेटमा उप–कप्तान रेनुका नगरकोटेले पेनाल्टी बक्स बाहिरबाट गरेको सानदार गोलमा एपिएफले अग्रतालाई दोब्बर बनायो ।

दोस्रो गोल खाएको चार मिनेट बित्न नपाउँदै आर्मीले खेलमा फर्किने संकेत देखायो । स्ट्राइकर जेनिफर रानामगरले मिडफिल्डर दीपा राईको पासमा गोल गरिन् । पेनाल्टी बक्सभित्रबाट जेनिफरले गोलकिपर अञ्जना रानामगरलाई बिट गर्दै दोस्रो बारमा बललाई जाली चुमाइन् । त्यसपछि आर्मीलाई दबाबमा राखेपनि आर्मीले गोल गर्न सकेन ।

उपाधिसँगै एपिएफले ७ लाख ५० हजार रुपैयाँ हात पार्यो । उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो । खेलको ‘प्लेयर अफ दि म्याच’ गीता राना चुनिइन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि दीपा शाहीले जितिन् । त्यस्तै उत्कृष्ट गोलकिपर एपिएफकी अञ्जना रानामगर घोषित भइन् ।

तीन खेलमा १२ गोल गरेकी रश्मीले उच्च गोलकर्ताको पुरस्कार जितिन् । यसैगरी नेपाल पुलिस क्लब ‘फ्यर प्ले टिम’ घोषित भयो । विधागततर्फ पुरस्कार जित्ने सबैले ५० हजार रुपैयाँ प्राप्त गरे ।

एन्फाले पहिलोपटक आयोजना गरेको आफ्नै नकआउट प्रतियोगितामा कूल १० टोलीको सहभागिता थियो ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||