फाल्गुन १२, २०८२ मंगलबार | १८:४९:२१
पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित

पुलिसले एपिएफलाई हरायो

काठमाडौं । राजधानीमा भइरहेको जय ट्रफी मेन्स एलिट कपमा कुशल भुर्तेलको बिस्फोटक ब्याटिङ प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।

दोस्रो खेलमा पहिलो जित हात पार्नेक्रममा पुलिसले मंगलबार सम्पन्न खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्धको खेल पुलिसले ९ विकेटले जित हात पारेको हो ।

१ सय १३ रनको लक्ष्य पुलिसले १ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा ओपनर कुशलले ५३ बलमा ४ चौका र ५ छक्काको सहयोगमा अविजित रहँदै सर्वाधिक ७१ रन जोडे । अमित श्रेष्ठले २५ बलमा अविजित ३२ रन बनाए । कुशल र अमितले दोस्रो विकेटका लागि ९० रनको विजयी साझेदारी गरे ।

एपिएफका लागि भुवन कार्कीले १ विकेट लिए । पहिलो इनिङमा ९२ रनले पछि परेको एपिएफले दोस्रो इनिङमा २ सय ४ रन मात्र जोड्न सक्यो । एपिएफका लागि दोस्रो इनिङमा ओपनर दिपक बोहोराले १ सय २९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ९४ रन जोडेका थिए । अमरसिंह राउटेला ३२, आसिफ शेख २१ तथा सन्दीप जोरा ११ रनमा आउट भए ।

पुलिसका लागि ललित राजवंशीले ५, कुशल भुर्तेलले ३ तथा सागर ढकाल र शंकर रानाले समान १ विकेट लिए । त्यसअघि नेपाल पुलिसले टस जितेर बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको एपिएफ ६३ दशमलव ४ ओभरमा अल आउट ह्दै १ सय ८५ रनमात्र बनाउन सक्यो । एपिएफका लागि सुमित महर्जनले ५५ रनको अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

एपिएफलाई कम रनमै रोक्न पुलिसमा ललित राजवंशी र सागर ढकालले समान ४ तथा कुशल भुर्तेलले २ विकेट लिएका थिए । त्यसपछि पहिलो इनिङको सुरुवात गरेको पुलिसले २ सय ७७ रन बनाइ ७  विकेट गुमाएको अवस्थामा पारी समाप्तीको घोषणा गर्यो । पुलिसका लागि शंकर रानाले १ सय ५५ बलमा अविजित १ सय ५ रन बनाए । शंकरले ३ चौका र ५ छक्का प्रहार गरे ।

दिलशाद अलिले ८७ बलमा ५८ तथा राशिद खानले ३० रन बनाए । एपिएफका लागि इश्राद अहमद, अभिषेश गौतम, भुवन कार्की, युवराज खत्री, अमर राउटेला र सन्दीप जोराले समान १ विकेट लिए ।

पहिलो खेलमा आर्मीसँग पराजित पुलिसको जित पश्चात ३७.५ अंक भएको छ । पुलिस जित पश्चात पनि दोस्रो स्थानमा छ । पराजित एपिएफको भने ३८ अंक भएको छ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||