काठमाडौं । सहिद स्मारक एन्फा महिला लिग २०८२ चैत ४ गतेदेखि सुरु हुने भएको छ ।
मंगलबार सातदोबाटोस्थित मुख्यालयमा सहभागी क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि एन्फाले लिगको मिति तय गरेको हो । छलफलमा एन्फाबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशनक सञ्जीव मिश्रलगायतको उपस्थिति थियो ।
लिगमा गत वर्ष दोस्रो चरणमा पुग्न सफल पाँच र भदौमा सम्पन्न छनोट प्रतियोगिताबाट छानिएका पाँचगरि कूल १० टोलीको सहभागिता रहनेछ । सहभागी क्लबले न्यूनतम खेलाडी दर्ता फागुन २९ गतेभित्र गर्नु पर्ने सहमति भएको एन्फाले जानकारी गराएको छ ।
सहभागी टोलीः
एपिएफ एफसी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, बागमती युवा क्लब, वालिङ नगरपालिका, संकटा एफसी, चर्च ब्वाइज युनाइटेड, न्युरोड टिम (एनआरटी) र झापा एफसी
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
