फाल्गुन १२, २०८२ मंगलबार | २२:०६:३९
फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक

बागमती र आर्मी फेरी बराबरी रोकिए

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले फेरी पनि बराबरी खेलेका छन् ।

मंगलबार सम्पन्न जय ट्रफी अन्तर्गतको खेलमा दुवै टोली बराबरीमा रोकिएका हुन् । आर्मी र बागमतीले गत संस्करणको भेट पनि बराबरीमा सकाएका थिए । बागमतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको आर्मीले दोस्रो सकिदा लक्ष्य भेट्न नसके पछि खेल बराबरीमा सकिएको हो ।

लक्ष्य पछ्याएको आर्मीले दोस्रो दिनको खेल सकिदा ४ विकेट गुमाएर ३९ रन मात्र जोड्न सक्यो । आर्मीका ओपनर तृतराज दास १६, भीम सार्की ११ तथा कुशल मल्ल ९ रनमा आउट भए ।

बागमतीले ९३ रनले पछि परेको स्थितीमा दोस्रो इनिङमा २ सय १० रन थप्यो । बागमतीका लागि दोस्रो इनिङमा ओपनरद्वय आशुतोष घिरैया र रित गौतमले अर्धशतकी इनिङ खेले । आशुतोषले १ सय २४ बलमा ७६  तथा रितले ७८ बलमा ५६ रन जोडे ।

इशान पाण्डे ४१ तथा उत्तम थापा मगर १३ रनमा अविजित रहे । आर्मीका लागि बसिर अहमदले २ तथा पवन कार्कीले १ विकेट लिए । त्यसअघि आर्मीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले इशान पाण्डे तथा आशुतोष घिरैयाको अर्धशतकको सहयोगमा निर्धारित ७० ओभरमा ७ विकट गुमाएर २ सय ५९ रनको योगफल तयार गरेको थियो ।

आशुतोषले १ सय २७ बलमा ७७ तथा इशानले १ सय ४ बलमा ६९ रन बनाए । रित गौतम तथा शुभ कंसाकार समान २० तथा विवेक राना मगर ३१ रनमा आउट भएका थिए । आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले २ विकेट लिए ।

आमीले भने पहिलो इनिङमा ७ विकेट गुमाएर ३ सय ५२ रनको कीर्तिमानी इनिङ खेल्यो । जय ट्रफीको इतिहासमा एकै इनिङमा बनेको यो सर्वाधिक ठूलो योगफल हो । आर्मीका लागि भीम सार्की र नरेन साउदले अर्धशतकीय इनिङ खेले । भीम ८३ बलमा ७४ रनमा आउट हुँदा नरेन ६६ रनमा अविजित रहे ।

सन्तोष कार्की ४३, कप्तान विनोद भण्डारी ४० तथा तृतराज दास ३८ रनमा आउट भए । बागमतीका लागि रिजन ढकाल र सन्दीप लामिछानेले समान २ तथा विपिन आचार्य र इशान पाण्डेले समान १ विकेट लिए ।

बराबरी पछि आर्मी ४२.५ अंकका साथ शीर्ष स्थानमा छ । बागमती २७.५ अंकका साथ चौथो स्थानमा छ । गत संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको शीर्ष चार(आर्मी, पुलिस, एपिएफ र बागमती) टोली प्रतियोगितामा सहभागी छन् । सिङ्गल राउण्ड लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीच उपाधीका लागि भिडन्त हुनेछ ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||