फाल्गुन १३, २०८२ बुधबार | ०८:५४:२०
पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन

पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । कप्तान ह्यारी ब्रुकको सतकप्रेरित इङ्ल्यान्ड आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ल्यान्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो ।

इङ्ल्यान्ड लगातार पाँचौ पटक विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो । यो सफलता प्राप्त गर्ने इङ्ल्यान्ड पहिलो टोली हो ।

इङ्ल्यान्ड सन् २०१६, सन् २०२१, सन् २०२२ तथा सन् २०२४ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो । अष्ट्रेलियामा आयोजना भएको सन् २०२२ को विश्वकपमा पाकिस्तानलाई हराएर इङ्ल्यान्डले उपाधी समेत जितेको थियो । 

सुरुमा ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा इङ्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै जित निकाल्यो ।

इङ्ल्यान्डको जितमा ब्रुकले एक सय रन बनाए । उनले ५१ बलमा १० चौका र ४ छक्का हिर्काएका हुन् । विल ज्याक्सले २८ तथा साम करनले १६ रनको योगदान गरे ।

पाकिस्तानका साहिद शाह अफ्रिदीले सर्वाधिक ४ तथा उस्मान तारिक र मोहम्मद नवाजले समान दुई विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङ्समा पाकिस्तानको लागि ओपनर साहिबजादा फर्हानले ४५ बलमा सर्वाधिक ६३ रन बनाएका हुन् । उनले ७ चौका र २ छक्का हिर्काए । बाबर आजम र फखर जमानले समान २५ रन बनाएका हुन् ।

योसँगै सुपर एट को समूह २ मा इङ्ल्यान्डको २ खेलबाट ४ अंक छ । न्युजिल्यान्ड, पाकिस्तानको समान एक अंक रहँदा आयोजक श्रीलंका पुछारमा छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||