काठमाडौं । ज्याकोव बेथेल र कप्तान ह्यारी ब्रेकको अर्धसतकसँगै नेपाललाई इङ्ल्यान्डले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ एक सय ८५ रनको लक्ष्य दिएको छ ।
आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर सुरुमा ब्याटिङ गरको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८४ रन बनायो ।
इङ्ल्यान्डको ज्याकोव बेथेलले सर्वाधिक ५५ रन बनाएका थिए । ३५ बलमा समान चार चौका र छक्का हिर्काए । बेथेलले चौथो विकेटको लागि कप्तान ह्यारी ब्रुकसँग सर्वाधिक ७१ रनको साझेदारी गरेका थिए ।
कप्तान ह्यारीले ३२ बलमा ५३ रन बनाए । ओपनर जस बट्लरले २६ रनको योगदान गरेका थिए । विल ज्याक्सले अविजित १८ बलमा ३९ रन बनाए ।
नेपालको लागि उपकप्तान दीपेनद्र सिंह ऐरी र नन्दन यादवले समान दुई विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान एक विकेट लिएका थिए ।
विश्वकपमा तक्लु दाइले कमेन्ट्री गर्ने, दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
