माघ २४, २०८२ शनिबार | ००:५३:००
पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो

आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

पोखरा । सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा गोल्ड कपको २५औं अर्थात रजत वर्षको अवसरमा फोटो प्रदर्शन हुने भएको छ ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो । पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका अविस्मरणीय क्षणहरू समेटिएको फोटो प्रदर्शन गरिने एनपिजेए कास्की अध्यक्ष राम गुरुङले जानकारी दिए ।

प्रदर्शनीमार्फत प्रतियोगगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत जनसमक्ष प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताए । प्रदर्शनीमा मैदानभित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको जीवन्त फुटबल संस्कृतिलाई तस्बिरमार्फत प्रस्तुत गरिने उनले बताए । प्रदर्शनीमा ५० भन्दा बढि फोटो राखिनेछ ।

प्रदर्शनीले नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न समेत योगदान पु¥याउने अपेक्षा सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । रजत जयन्तीमा उत्साह थप्नका लागि फोटो प्रदर्शनीमा सहयोग गरिएको उनले सुनाए । 


भिडियो
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता