माघ २२, २०८२ बिहीबार | १८:१३:०२
अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो

काठमाडौं । ट्वान्टी-२० विश्वकपअघिको वार्मअप खेलमा नेपालले क्यानडामाथि ६ विकेटको सानदार जित हासिल गरेको छ ।

बिहीबार चेन्नाईस्थित महाराष्ट्र एसोसिएसन रंगशालामा क्यानडाले दिएको १६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले । रिटायर्ड आउट हुनुअघि विकेटकिपर आसिफले २९ बलमा ६ चौका र तीन छक्कासहित ५८ रनको सानदार पारी खेले । त्यस्तै तेस्रो नम्बरमा आउका सन्दीप जोराले ४४ रनको योगदान गरे । त्यसपछि आएका गुल्सन झाले अविजित ३१ रन बनाए ।

क्यानडाका लागि जसकरण सिंह, साद वीन जफर र अजयभीर सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १६१ रनको योगफल खडा गरेको थियो ।

क्यानडाका लागिओपनर नवनीत धलिवालले ३६ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८ रनको अविजित पारी खेले । यसैगरी तेस्रो नम्बरमा आएका कनवारपुल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो ।

यसअघि नेपालले मंगलबार पहिलो वार्मअप खेलमा युएईलाई पनि ७ विकेटले हराएको थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।