चैत्र ११, २०८२ बुधबार | ०२:०१:०१
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन

नेपालको यात्रा कहाँसम्म ?

काठमाडौं । नेपाल तेस्रो पल्ट ट्वान्टी ट्वान्टी विश्वकप खेल्दैछ । यसअघि सन् २०१४ र २०२५ मा खेलेको थियो । दुवै अवसरमा नेपाल प्रतियोगिताको दोस्रो चरण पुग्न सकेन् । यस्तोमा प्रश्न हो, के नेपाल सन् २०२६ मा आएर अर्को चरणको यात्रा तय गर्न सक्ने छ त ? यो नै प्रश्न मुख्य बन्ने छ, जति बेला भारत  र श्रीलंकामा यसपल्टको विश्वकप सुरु हुनेछ । यहाँनिर एउटा तथ्य निकै महत्त्वपूर्ण छ र यो हो, के नेपाल मुम्बईमा हुने खेलमा जित निकाल्न सक्षम छ त ?

यो तथ्य किन महत्त्वपूर्ण छ भन्दा अमेरिकामा भएको पछिल्लो विश्वकपमा नेपाल एकै खेल पनि जित्न सक्षम रहेन् । अमेरिकामा खेलेका चार खेलमध्ये तीनमा पराजित रह्यो भने एक खेलको नतिजा आएन् । यसको तुलनामा बंगलादेशमा भएको विश्वकपमा नेपालको प्रदर्शन धेरै अर्थमा शानदार रह्यो । नेपाल त्यति बेला पनि दोस्रो चरण पुगेन्, तर त्यसको नजिक भने पुगेको थियो । नेपाल आफ्नो समूहमा तीन खेलमध्ये दुईमा विजयी रहेको थियो ।

नेपालको अर्को चरण पुग्ने सम्भावना लगभग अन्तिम क्षणसम्म पनि जीवन्त रहेको थियो । सबैलाई के थाहा छ भने यसपल्ट नेपाललाई सुपर एट पुग्ने हो दुई भन्दा बढी खेल जित्नु छ । त्यति मात्र होइन्, दुई टेस्ट टिम इंग्ल्यान्ड अथवा वेस्ट इन्डिजमध्ये कम्तीमा एकलाई हराउनु पर्नेछ । स्कटल्यान्ड र इटालीविरुद्धको खेलमा आफू अनुकुल नतिजा चाहियो नै । यस्तोमा के भन्छन्, नेपाली टिमका कप्तान रोहित पौडेल ? मुम्बई आएयता उनको पहिलो ठोस दाबी रहेको छ, हाम्रो लक्ष्य त सुपर एट नै हो ।

यो त दाबी नै भयो, यहाँनिर उनले प्रस्तुत गरेका तर्क ठीक देखिन्छ । सन् २०१४ मा नेपालका लागि विश्वकपमा छनोट हुनु नै ठूलो थियो । त्यसपछि सन् २०२५ मा फेरि दोहराएर छनोट हुनु उपलब्धी भयो । अब यसपल्ट नेपाल लगातार विश्वकप खेल्दैछ । यति बेला नेपाली टिम आत्मविश्वासी रहन सक्छ, किनभने अब छनोट ठूलो कुरा रहेन्, विश्वकपमै राम्रो प्रदर्शन आवश्यक भएको छ । यो नै नेपालको एक मात्र लक्ष्य हुनु पर्छ, अब त ।

यसपल्ट जति पनि एसोसियट देशले यो विश्वकपमा सहभागिता जनाइरहेका छन्, त्यसमध्ये सबैको लक्ष्य नेपालको जस्तै छ, सुपर एटमा प्रवेश । यी एसोसियट देशका कप्तानले दाबी पनि गरेका छन्, आफ्नो टिम त्यसका लागि सक्षम पनि छ । स्वंय रोहितले पनि भनेका छन्, नेपालले यसअघि वेस्ट इन्डिजममाथि जित निकालिसकेको छ नै, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध जितको नजिक पुगेर पनि चुकेको मात्र छ । यस्तोमा नेपाली टिमबाट अब सुधारिएको प्रदर्शनको अपेक्षा गर्न सकिन्छ ।