माघ २२, २०८२ बिहीबार | २२:१३:४९
पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार

पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित

काठमाडौं । अबायोमी फाकुन्ले र मनोज राईको गोल स्कोरिङ फर्मले निरन्तरता पाउँदा एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३-० को सहज जित हासिल गरेको छ ।

बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको एकमात्र खेलमा चर्च ब्वाइजलाई जित दिलाउन फाकुन्ले, मनोज र रिचर्ड कोफी जुनियर विल्सनले गोल गरे ।

चर्च ब्वाइजको यो लगातार तेस्रो जित हो । जितसँगै चर्च ब्वाइज ५ खेलमा १० अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको पुलिस समान खेलबाट ४ अंक बटुल्दै १३औं स्थानमा छ ।

मिलनले आफ्नो गोल स्कोरिङ फर्मलाई चौथो खेलसम्म कायम राखेका छन् । मिलनले लिगको दोस्रो खेलमा एपिएफविरुद्ध गोल गरेका थिए । त्यसयता उनले प्रत्येक खेलमा कम्तिमा पनि एक गोल गरेका छन् । त्यस्तै फाकुन्लेले पछिल्ला तीन खेलमा गोल गरेका छन् ।

लिगमा शुक्रबार दुई खेल हुनेछन् । दिउँसो २ बजे हुने पहिलो खेलमा मछिन्द्र क्लबले श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि साँझ ६ः३० बजे हुने दोस्रो खेलमा लालिगुँरास एसोसिएसन क्लबले सातदोबाटो युवा क्लबसँग खेल्नेछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।