माघ २१, २०८२ बुधबार | १६:२२:२५
पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै

बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिप २०२६ अन्तर्गत बंगलादेशविरुद्धको निर्णायक खेलका लागि नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

फराकिलो जित आवश्यक रहेको खेलमा मुख्य प्रशिक्षक सुमन श्रेष्ठले भुटानविरुद्ध खेलेको पहिलो रोजाईमा तीन परिवर्तन गरेका छन् ।  पछिल्ला दुई खेलमा प्लेइङ मिनेट्स नपाएकी लेफ्टब्याक अलिजाकुमारी बिक आज सुरुआती समयदेखि मैदानमा देखिने भएकी छन् ।

त्यस्तै डिफेन्सिभ मिडफिल्डर सलोनी कुमारी चौधरीले पहिलो रोजाईमा पुनरागमन जनाएकी छन् । भुटानविरुद्ध उनी बेन्चमा सीमित थिइन् ।

यसैगरी अघिल्लो खेलमा गोल गरेकी प्रजीता राईले पनि पहिलो रोजाईमा स्थान बनाएकी छन् ।

श्रेष्ठले राइटब्याक ग्यान्सु डोल्मा लो, सेन्टरब्याक मिनमाया श्रेष्ठ र स्ट्राइकर संगीता कुमारी मल्ललाई आराम दिएका छन् । संगीताले भुटानविरुद्ध स्ट्राइकिङ लाइनमा वर्षा ओलीलाई साथ दिएकी थिइन् । आज स्ट्राइकिङ लाइनमा वर्षा एक्लै हुनेछिन् ।

४–१–४–१  को फर्मेशनमा उत्रिरहेको नेपालको गोलपोस्ट झरना डुम्राकोटीले सम्हाल्नेछिन् । रक्षापङ्क्तिलाई सँधैझैँ अनुभवी माया मास्केले लिड गर्नेछिन् । उनले सलोनीलाई सेन्टरब्याक जोडीमा पाएकी छन् । यी दुईलाई आशिका कार्की र  अलिजाकुमारी बिकले साथ दिनेछन् ।

कप्तान सुशीला केसी डिफेन्सिभ मिडफिल्डमा देखिने छिन् । 

अट्याकिङ मिडफिल्ड लाइनमा सिर्जना बडुवाल, साहरा लिम्बू, प्रजीता राई र भूमिका बुढाथोकी छन् ।

फाइनलमा स्थान बनाउन नेपाललाई ८ गोलअन्तरको विजयी आवश्यक छ । नेपालसँग ६ गोलको हार बेहोरेपनि बंगलादेश फाइनल पुग्नेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।