फाल्गुन १, २०८२ शुक्रबार | १०:१८:१७
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

अभ्यास खेलमा नेपालले युएईलाई हरायो

काठमाडौं । आरिफ सेख र दीपेन्द्रसिंह ऐरिले चौथो विकेटका लागि शतकीय साझेदारी गरेपछि आइसिसी ट्वान्टी-२० विश्वकप २०२६ अन्तर्गत अभ्यास खेलमा नेपालले अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स(युएई)सँग ७ विकेटको सानदार जित हासिल गरेको छ ।

मंगलबार चेन्नाईस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा युएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि दीपेन्द्र र आरिफले अर्धशतक प्रहार गरे । आरिफले ३७ बलमा ६१ र दीपेन्द्रले ३१ बलमा ५० रन जोडे । कप्तान रोहित पौडेल १६ रनमा पवेलियन फर्किँदा ओपनरद्धय कुशल भुर्तेल र आसिफ सेखले समान ८ रन बनाए । रोहित र आसिफ रनआउटको शिकार बनेका थिए ।

युएईका लागि मुहम्मद रोहिनले एक मात्र विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १४५ रनको योगफल खडा गरेको थियो । सोहेब खान र हर्षित कौसिकले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गर्दा मध्यम योगफल सम्भव भएको थियो ।

सोहेबले अविजित ३८ रन बनाए । हर्षित ३५ रनमा पवेलियन फर्किए । ओपनर अर्यान्स शर्माले २५, मुहम्मद जोहेबले १९ र अलिशन शराफुले १२ रनको योगदान गरे ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई तथा दीपेन्द्रले एक विकेट लिए ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026