काठमाडौं । अबका ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा समूह डी यस्तो रहेको छ, जहाँ अपेक्षा भन्दा बढी रोमाञ्चक प्रतिस्पर्धा चल्न सक्नेछ । एउटा खास नतिजाले यो समूहबाट सुपर एटमा प्रवेश गर्ने टिमको समीकरण फेरिन सक्नेछ । भारत र श्रीलंकाको आयोजनामा हुन लागेको यस विश्वकपको यो समूहमा छन्, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानाडा र यूएई । त्यस अर्थमा तीन टेस्ट टिम । त्यसैले बढी टक्कर पनि ।
सम्भवतः न्युजिल्यान्ड र दक्षिण अफ्रिका नै सुपर एट पुग्नका लागि बलियो टिम हुनेछन् । दक्षिण अफ्रिकाले यो विश्वकप एडेन मारक्रमको नेतृत्वमा खेल्नेछ । दक्षिण अफ्रिकाको ब्याटिङ पनि बलियो छ, अनि बलिङ पनि । यस्तै स्थिति न्युजिल्यान्डको पनि रहेको छ । न्युजिल्यान्डले भने मिचेल सान्टरको नेतृत्वमा खेल्देछ । त्यस अर्थमा अफगानिस्तानलाई यो समूहको डार्क हर्स मान्न सकिन्छ ।
अफगानिस्तानलाई यो समूहबाट अगाडि बढ्ने हो भने दक्षिण अफ्रिका अथवा न्युजिल्यान्डमध्ये एकलाई हराउनु पर्नेछ । त्यस अर्थमा दक्षिण अफ्रिका र न्युजियान्डबीचको खेलको नतिजा के हुनेछ, त्यसको पनि धेरै अर्थ हुनेछ । धेरैको के अनुमान छ भने सम्भवतः अफगानिस्तान त्यस्तो टिम नरहन सक्छ, जस्तो केही समय अगाडि थियो ।
यति भन्दा भन्दै क्यानाडा र यूएईलाई पनि कमजोर मान्न मिल्दैन्, तर यी दुवै टिम सम्भवतः ठूला टेस्ट टिमलाई हराउन सक्षम छैनन् । त्यसैले उनीहरूको लक्ष्य एकअर्कोविरुद्धको खेल जित्ने हुनेछ, जुन आफैमा प्रतिष्ठाको लडाई हुनेछ । एउटा तथ्य के निश्चित छ भने प्रतियोगिताका अन्य समूहको तुलनामा यसमा बढी प्रतिस्पर्धा चल्ने सक्नेछ र सुपर एट पुग्ने दुई टिमको निर्णय अन्तिम क्षणतिर हुन सक्नेछ ।
